Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

देउती पूर्वाधार समितिले प्रस्तुत ग¥यो महायज्ञको आय–व्यय

सुर्खेत

पश्चिम नेपालको प्रसिद्ध धार्मिक तिर्थस्थल सुर्खेतको वीरेन्द्रनगरमा रहेको देउती बज्यै मन्दिर पूर्वाधार विकास समितिले वैशाख ७ गतेदेखि देउती बज्यैमा संचालन गरेको धनधान्य महायज्ञको आय–व्यय प्रस्तुत गरेको छ । शनिबार वीरेन्द्रनगरमा एक पत्रकार सम्मलेनको आयोजना गरी आय–व्यय प्रस्तुत गरेको हो । पूर्वाधार समितिका कोषाध्यक्ष सुरजप्रसाद आचार्यका अनुसार नगद ३२ लाख ७१ हजार २ सय ४६ रुपैयाँ र प्रतिवद्धता तर्फ ५३ लाख ५९ हजार १ सय ५१ रुपैयाँ बराबर गरी जम्मा १ करोड ११ लाख ४३ हजार ४ सय ७७ सरदर आम्दानी भएको छ ।  यसैगरी ३५ लाख ८२ हजार १ सय ८८ रुपैयाँ विभिन्न शीर्षकमा खर्च भएको बताइएको छ । आम्दानी तर्फ सहयोग तथा दान दक्षिणाबाट ३२ लाख ७१ हजार २ सय ४६ रुपैयाँ, शेषमाल सामान बिक्रीबाट ५२ हजार १ सय २० रुपैयाँ प्राप्त भएको जनाइएको छ ।

प्रतिवद्धता तर्फ मुकुन्दश्याम गिरीले पक्की यज्ञशाला निर्माणका लागि अनुमानित १५ लाख, डाक्टर सिं गुरुङ्गले पक्की शिव मन्दिर निर्माणका लागि अनुमानित १५ लाख, मोतिप्रसाद गौतमले पक्की गणेश मन्दिर र दुर्गा मूर्ति निर्माणका लागि अनुमानित १५ लाख, सुरथकुमार पुरीले छाता र स्टेन सहितको हनुमानको मूर्ति स्थापनाका लागि अनुमानित ५ लाख, बालकृष्ण हमाल चालिसेले पानीको कुवा निर्माणका लागि अनुमानित ३ लाख, कर्ण बहादुर थापाले निर्माण सामग्रीका लागि ५१ हजार १ सय ५१ र विष्णु बिकले १० बोरा सिमेन्टका लागि रु ८ हजार प्रदान गर्ने प्रतिवद्धता रहेको आय–व्यय विवरणमा प्रस्तुत गरिएको छ । कोषाध्यक्ष आचार्यका अनुसार ६ लाख ९९ हजार ५ सय ३४ रुपैयाँ शुद्ध बचत रहेको छ ।

पत्रकार सम्मेलनमा देउती बज्यै मन्दिर पूर्वाधार विकास समितिका संयोजक मुकुन्दश्याम गिरीले धर्म कार्य पनि असहाय तथा सर्वसाधारणको पहँुँचमा हुनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, आफ्नो ठाउँ हामीले नै बनाउनु पर्छ भन्ने भावनाले देउती बज्यै मन्दिरमा पूर्वाधार विकास गर्न लागिएकोले अब छिट्टै निर्माण कार्य शुरु हुने भएकोले सबैले सहयोग गर्नु पर्ने समय आएको छ । ३ देखि ५ वर्ष भित्रमा पूरा गरिने लक्ष्य सहितको गुरुयोजना तयार भएकोले यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सबै जुट्न आवश्यक रहेको उहाँको भनाई थियो । वीरेन्द्रनगरमा रहेको धार्मिक तिर्थस्थल गंगामाला देउती बज्यै मन्दिरमा गुरुयोजना अनुसार तयार गर्ने हेतुले २०७४ चैत्र २४ बिहान क्षमापूजा गरी मन्दिर व्यवस्थापनको काम शुरु गरिएको थियो । हाल भइरहेको संरचनालाई नबिगारी मन्दिरलाई वास्तुशास्त्र अनुसार नै बनाइने भएकोले सम्पूर्ण आम दाजुभाइ दिदीबहिनीहरुलाई तन, मन र धनले सहयोग गर्न आग्रह समेत संयोजक गिरीले अनुरोध गर्नुभएको छ ।

सबैले आ–आफ्नो क्षेत्रबाट यथासक्य सहयोग गर्नका लागि पूर्वाधार विकास समितिले आव्हान गरेसँगै सहयोगी दाताहरु पनि बढ्दै गइरहेका छन् । देउती बज्यै मन्दिरमा पूर्वाधार समितिले केही निर्माणका कार्यहरु समेत शुरु गरिसकेको छ ।