लोहोरे–वेस्तडा सडकखण्ड अवरुद्ध
कृष्ण प्रसाद अधिकारी
भाद्र १ दैलेख
दैलेखको पुर्बी भाग भगवतीमाई गाउँपालिका तथा जाजरकोट धैरै ठाउँ जोडने सडक अभिरल बर्षाका कारण पहिरोले अबरुद्ध भएको छ । अविरल वर्षासँंगै सडक माथिबाट खसेको पहिराका कारण लोहोरे–वेस्तडा सडकखण्ड अवरुद्ध भएको जनाइएको हो । मध्यपहाडी सडक खण्ड अन्तर्गत नारायण नगरपालिका वडा न.११ विन्ध्यावसीनीको लाहोरे वजार नजिकै माथिबाट पहिरो गएका कारण सडक अवरुद्ध भएको हो । पहिरो गएका कारण दैलेख सदरमुकामबाट लोहोरे हुँदै वेस्तडा जाने र वेस्तडावाट लोहोरे, सुर्खेत, दैलेख सदरमुकाम तथा अन्य लामो तथा छोटो दूरीमा जाने कयौँ सवारी साधान वाटोमा नै अलपत्र परेका छन ।

दैलेख तथा सुर्खेत जानको लागी एउटा मात्र बाटो भएकाले बाटो अबरुद्ध हुदाँ सवारी साधन बाटोमा नै अलपत्र परेका हुन भने कयौ यात्रुहरु हिडेर यात्रा गर्न बाध्य भएका छन् ।







