Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

सर्वसाधारणको गुनासो पछि : ट्राफिकले लियो अटो नियन्त्रणमा

सुर्खेत

वीरेन्द्रनगर नगर क्षेत्रमा अटो चालकहरुले जथाभावी अटो चलाउने गरेको व्यापक जनगुनासो आएको छ । उक्त जनगुनासो आएपछि मापदण्ड पुरा नगरी चलाएकाले अटो नियन्त्रणमा लिएको हो । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरिक्षक हरिबहादुर विसीले मापदण्ड पुरा नगरी चलाइएका अटो नियन्त्रणमा लिएको जानकारी दिए । उनका अनुसार झण्डै ८ दर्जन अटो नियन्त्रणमा लिइएको छ । सिद्धापाइला यातायातका अध्यक्ष पदम वमले यातायात कार्यालयका व्यवसायीहरुले दुःख पाएको बताए । ‘लाइसन खुलाउनु प¥यो सवै समस्याको समधान हुन्छ’ उनले भने ।

उनले समितीमा दर्ता नगराएर लापरवाहिले चलाउनेलाई आवश्यक गर्नु पर्ने तर्क गरे । बनले भने ‘सुर्खेत सोरुमबाट १ हजार निस्केको अटोमा ४ सय ५० वटा अटो मात्रै केरकारमा छन् अरुलाई पनि कानुनी दायरामा ल्याउनु प¥यो ।’ यता ट्राफिक कार्यालयले भने कानुन बमोजिम कारवाही गर्ने जनाएको छ ।