१ अर्व १६ करोड बजेट पारित गर्दै एमयूको साधारणसभा काठमाडौंमा सम्पन्न
काठमाडौं ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं साधारण सभा चालु आर्थिक वर्षका लागि एक अर्ब १६ करोड ६५ लाख ५१ हजार ३३९ रुपैयाँको बजेट पारित गर्दै काठमाडौंमा सम्पन्न भएको छ । सिनेटले पारित गरेको बजेटमा पूजिगततर्फ ४९ करोड ३४ लाख र सञ्चालनतर्फ ६४ करोड ८१ लाख ५१ हजार ३३९ रुपैयाँ रहेको विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केशीले जानकारी दिनुभयो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासनिक नियमावलीको तेस्रो संशोधन समेत सिनेटले गरेको छ । यस्तै, मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वायत्तता नियमावली २०७५ पनि पारित गरेको बताइएको छ । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केशी शर्मा ओलीको व्यस्तताका कारण सिनेट काठमाडौंमै आयोजना गर्नु परेको विश्वविद्यालयको भनाई छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सिनेटले यसअघि दश क्याम्पसलाई आंज्ञिक बनाउने पारित गरेको निर्णय कार्यान्वय गर्ने भएको छ । कर्णाली र प्रदेश ५ का दश क्याम्पसले सोमबारदेखी नियुक्ती दिइने र थप नौं क्याम्पसलाई आंज्ञिक बनाउन गरिएको प्रस्ताव सिनेटले पारित गरेको सूचना अधिकारी केसीको भनाई छ ।

एमयुको आंज्ञिक क्याम्पस हुनेमा बागेश्वरी बहुमुखी क्याम्पस कोहोलपुर, बबई बहुमुखी क्याम्पस गुलरिया, मुसीकोट खलंगा बहुमुखी क्याम्पस रुकुम, भेरी ज्ञनोदय क्याम्पस जाजरकोट, भेरी शिक्षा क्याम्पस गुमी, विद्याविपुर जनता बहुमुखी विद्यापुर, नारायण क्याम्पस दैलेख, तिलाकर्णाली बहुमुखी कालिकोट, रारा बहुमुखी मुगु लगायत छन् ।
यस्तै, सिनेटले आंज्ञिक बनाउन प्रस्ताव गरिएका क्याम्पसहरुमा चामुण्डा क्याम्पस दैलेख, कोटदेवल जनआर्दश क्याम्पस दैलेख, गर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत, रेशुंगा बहुमुखी गुल्मी, पानीनि बहुमुखी क्याम्पस अर्घाखाँची, सिंजा बहुमुखी क्याम्पस जुम्ला, सिद्धार्थ बहुमुखी क्याम्पस कपिलबस्तु, शहिद नारायण प्रसाद रामपुर क्याम्पस रुपेन्देही र शितल क्याम्पस चौरजहारी रुकुम छन् ।
विश्वविद्यालयलाई प्राज्ञिक थलोको रुपमा विकास गर्न कूलपतिको निर्देशन
यसैगरी विश्वविद्यालयका कूलपति एवम् नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयहरुलाई प्राज्ञिक थलोको रुपमा विकास गर्न निर्देशन दिनुभएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं साधारणसभालाई आइतबार (आज) बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पठनपाठनलाईभन्दा बढी देशलाई आवश्यक पर्ने अध्ययन अनुसन्धान हुनु जरुरी रहेको बताउनु भएको हो ।
सरकारले देशलाई आवश्यक पर्ने जनशिक्तिको पहिचान गरी त्यसै अनुसारको विद्यालय र कलेजहरु खोल्ने तयारी गरेको जानकारी पनि प्रधानमन्त्री ओलीले दिए । विश्वविद्यालयहरुले संख्यामाभन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने भनाई प्रधानमन्त्री ओलीको थियो ।
यसैविच, प्रधानमन्त्री ओलीले योजनावद्ध विकास नगरे गन्तव्यमा पुग्न नसकिने पनि बताउँदै सरकारले विकासलाई तिव्र गतिमा बढाउनु पर्ने भएकोले योजनावद्ध रुपमा अघि बढ्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।






