Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

फोरलेन सडकमा पनि स्थानीयलाई समस्या

कृष्ण प्रसाद अधिकारी
१२ भाद्र ठाटीकाँध

आर्थिक वर्ष ०७४/०७५ मा गाउँपालिकाको सबैभन्दा मोटो रकम लगानी गरेको आठविस नगरपालिकाको रामघाट बजारदेखि ठाटिकाँध बाटो आर्थिक वर्ष सकिएको एक महिना मै अवरुद्ध भएको छ ।


यसैगरी तल्लोबाटो बिशाला सडक खण्ड (मौसमी सडक) मा पनि निकै समस्या देखिएको छ । जाडेखेत खोलामा दूईटा लाईन रहेको छ जस्मा नया लाईन पुरै बाटो अबरुद्ध भएको छ । माथिबाट रुखहरु खसेर बिच रोडमा र दुई पाईला अगाडि बिच खोलामा पुरै सडकनै देखीदैन मान्छेले समेत आवत जावत गर्न सक्दैनन । तर केही बर्ष पुरानो अल्लि तल्तीरबाट गएको बाटोमा भने गाडी आवत जावत गर्दछन । केही अगाडी जिउनीमा जति डोजरले हानेनी बर्षौपिच्छे नजिकका स्थानियले समस्या भोगीरहेको छन। रोड माथि खेतहरु पाखो जग्गाहरु तल भएकोले माथीबाट रोडको ढलान पानीले लगाएको बाली उर्वर हुन नपाएरै नास हुने र कोदालोले खनेर बनाएको पानी कुलो समेत पहीरोलोले र्पुर्ने गरेकोले निकै चिन्तित भएको त्यहाका एक स्थानिय नविन शाही ले बताए । उनले भने अदेरी खोलादेखी जीउनी सम्मको सिचाई कुलो बनाउन वडाले रकम छुट्याए पनी अझै पुरा हुन सकेको छैन ।बरु मुहान भन्दा केही अगाडी मानिस गाई गोरु हीडने बाटो समेत भत्कीएर रोड समस्या जनक छ । उताको खोलाले झनै समस्या पारेको छ अल्लि हीलो माटो छ । बर्षात लाग्दा त्यहाँको बग्ने पहीरोले माथिको पुरै फाटलाई धक्का दिदाँ त्यहाका बासिह घरहरु समेत जोखीममा रहेका छन् ।


फोरलेन सडकको नामाकरण गरिएको उक्त सडकमा सहजै साधनहरु गुड्न सकिरहेका छैनन् । सडक त बन्यो तर सडक पेटी र नाला नबनाउदाँ वर्षाको पानि बिच सडकबाट जाने भएकोले बाटो अवरुद्ध भएको हो ।

खोलामा पुल, सडक पेटी, नालाहरु नबन्दा यात्रामा असहज भएको स्थानीय बताउछन् । वर्षे पानीले सडक चिरेर खाल्डाखुल्डी भएकोले गाडि चलाउन कठिन भएको चालकको भनाई छ ।

ठाँटिकाँधका अधिकांश सडक अवरुद्ध, गाउँपालिका अध्यक्ष जवाफविहीन

यस्तै, बाकिदेखी तल्लोबाटो बिशाला सडक खण्ड पनि निकै समस्या देखिएको छ । यो सडकलाई स्थानीयले मौसमी सडकको संज्ञा दिने गरेका छन् । जाडेखेत खोलामा दुईतिरबाट बाटो गएको छ । जसमा नँया बाटो पुरै अबरुद्ध भएको छ भने पहिरोले रुखहरु ढलेका छन् । जहाँ पैदल यात्रा गर्न समेत कठिन छ । केही बर्ष पुरानो अर्कोबाटोमा भने गाडी आवत जावत गर्दछन । तर बाटो पुरानो भएपनि त्यति सहज छैन नभएको स्थानीय नविन शाहीले बताए । उनले भने अँधेरी खोलादेखी जिउनीसम्मको सिचाई कुलोको लागि वडा कार्यालयबाट रकम छुटाइएको छ तर अझै पुरा हुन सकेको छैन । जसको कारण बाटो समेत अवरोध भएको छ ।

यसबारे गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले केही बोल्न चाहेनन् तर गाउँपालिकाकी उपाध्यक्ष सुस्मीता सिँहले समृद्ध गाउपालिका बनाउने उदेश्य हुदाहुदै पनि केही समस्या कारण कर्तव्य निभाउन नपाएकोमा क्षमा माग्दै बर्षातको समयमा कच्ची सडक बिग्रिएको छ तर केही आफु केही महिना अघी देखी बाहीर भएकोले अनुगमन नगरेको बताइन् ।
उनले भनिन् –मैले धेरै अनुगमन गरेको छैन । आफु त्यो बाटोमा आउदापनि कुनैपनि ठाउँमा नाला थिएन । त्यसबारे छिट्टै समस्या समाधानको उपाया खोज्ने बाटो तीर लाग्छौं ।
साथै उनले असफल भएपछि नै सफल बन्ने हो । आफु र जनताको लागि एकताबद्ध भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।