श्रमदिनमा ढुंगा वाेक्दै मुख्यमन्त्री
सुर्खेत
कर्णााली प्रदेश सरकारले हरेक महिनाकाे १ र १५ गतेलाइ श्रमदिनका रूपमा घाेषणा गरेवमाेजिम अाज सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ स्थित सरस्वती टाेलमा वाल विकास केन्द्रकाे निर्माणा कार्य शुरू गरिएकाे छ । श्रमदिनका अवसरमा मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले सरस्वती वालविकास केन्द्रकाे १ काेठे भवनकाे शिल्यान्यास गर्नुभएकाे हाे । २०७० सालकाे वाढीले वाल विकास केन्द्रकाे भवन सहित उक्त टाेलका सवै घर पुर्णारूपमा वगाएकाे थियाे ।
केही समय अघि पुनर्स्थापित उक्त टाेलमा वजेट अभावका कारण वालविकास केन्द्रकाे भवन वन्न सकिरहेकाे थिएन । वालविकास केन्द्रकाे भवन निर्माणसंगै तटवन्ध निर्माणा कार्यकाे पनि शुरूवात गरिएकाे छ । श्रमदिनका अवसरमा मुख्यमन्त्री शाहीकाे नेतृत्वमा कर्णाली प्रदेश सरकारका विषयगत मन्त्रालयका मन्त्री, सचिव, सुरक्षा निकाय तथा कर्मचारीहरूले श्रमदान गरेका छन । मुख्यमन्त्री शाहीले वाढीपीडीत समुदायकाे पीडालाइ प्रदेश सरकारले राम्राेसंग महशुस गरेकाे स्थायी समाधानका लागि अावश्यक पहल अगाडि वढाइसकेकाे पनि स्थानीय समुदायलाइ जानकारी दिनुभएकाे छ ।








