गजल – ~ भरत’प्रमोद’ दाहाल
न नागरिक भेटिनेछन, न मुलुक भेटिनेछ ।
भेटिनेहरुको हालत नाजुक भेटिनेछ ।।
जब आमाको अस्मिता धरापमा पर्नेछ ,
बुद्धका हातमा पनि बन्दुक भेटिनेछ ।
यो दिलको उपचार गर्न मेरि प्रेमिकासङ
झोला भरी दबाई नुन चुक भेटिनेछ ।
“बा” को मृत्युको कारण तलास गर्दा
सिरानीमा साहुको तमसुक भेटिनेछ ।









