बाल दिवसमा बक्त्तृत्वकला प्रतियोगिता
कृष्ण प्रसाद अधिकारी
भाद्र २९ दुल्लु दैलेख
“सुखी नेपाली ममृद्ध नेपाल बाल अधिकार सबैको अधिकार” भन्ने मुल नाराका साथ ५९ औँ राष्ट्रिय बाल दिवस आज दैलेखको दुल्लुमा पनि मनाइएको छ । दुल्लु नगरपालिकको आयोजना तथा सोसेक नेपाल र आवाजको आर्थिक सहयोगसँगै सहजिकरणमा नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयमा एक कार्यक्रमका बिच बक्त्तृत्वकला प्रतियोगिताको आयोजना गरी बाल दिवस भब्य रुपमा मनाइएको छ ।

उक्त बक्तृत्वकला प्रतियोगिता कार्यक्रममा बोल्दै दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले आधारभुत मौलिक ज्ञानहरु, पारिवारिक स्नेह, उत्साहजनक खेलकुद र आधारभुत अक्षराम्भ लगायतका शिक्षाहरुले गर्दा बालापन सदासर्वदा याद रहने कुरा बताउनुका साथै बालापनका तिनै सिकाइका अध्यायहरुले हाम्रो जीवनभर एउटा प्रभाव र आधार दिरहेको र फ्रान्सका दार्शनिक जिन ज्याक्स रुसोले मानव जन्मिदा स्वतन्त्र जन्मिन्छ तर विस्तारै उ दायित्वको डोरीले बाँधिदै जान्छ भन्ने भनाइलाई सम्झदै यो संसारमा बालबालिका भन्दा स्वतन्त्र कोही छैन भन्ने कुरा बताउनु भएको थियो ।
यसैगरी दुल्लु नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत शमशेर शाहीले नेपाली बालबालिकाहरुको अवस्थामा अपेक्षा गरे अनुसार अपेक्षित रुपमा सुधार आउन नसक्नुका मुख्य कमजोरीमा बालविवाहको अवस्थालाई हेर्दा अहिले पनि बालबालिकाहरु बालविवाह गरिरहेका र थुप्रै बालबालिकाहरु सवारी साधानमा, होटल तथा रेष्टुरेन्ट, साना तथा ठुला उधोगहरुमा श्रम गर्न बाध्य भएकोमा यसको अन्यको लागी सबै लाग्नुपर्ने कुरा बताउनु भएको थियो ।
बक्त्तृत्वकला प्रतियोगीता मा ८ वटा बिद्यालयका १५ जना बिद्यार्थीको प्रतिस्पर्धी रहेकोमा सरस्वती देबी माध्यामिक बिद्यालय बिनायकका छात्र जगत बहादुर खत्री प्रथम, सरस्वती माध्यामिक बिद्यालय कृष्णकोटका छात्र प्रकाश खनाल द्वितिय, नेपाल राष्ट्रिय माध्यामिक विद्यालयकी छात्रा यमुना पुरी तृतिय, प्रेमदेवी माध्यामिक विद्यालयकी छात्रा मेनका योगी सान्वना भएकी छन ।






