Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

कर्णाली विकास विमर्श कार्यक्रम शुरु (कार्यपत्र सहित)

सुर्खेत
कर्णाली प्रदेशको बास्तविक अवस्था पहिचान नगरी विकास सम्भव नभएको कर्णाली प्रदेशका सभामुख राजबहाुदर शाहीले बताएका छन् । आईतबार कर्णाली खोज अनुसन्धान तथा अध्ययन केन्द्रले आयोजना गरेको दुईदिने कर्णाली विकास विमर्श कार्यक्रमको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने ‘ कर्णाली प्रदेशमा थुप्रै सम्भावनाहरु रहेका छन् तर के–के सम्भावना छन् भन्ने कुराको बास्तविकता पहिचान नगरी सांच्किै कर्णालीको विकास सम्भव छैन ।’

विकासको नमुना कस्तो खालको बताउने भन्ने कुरामा समेत ध्यान दिनुपर्ने उनको भनाई रहेको थियो । उनले थपे ‘ सम्बृद्धिको लागी उत्पादनमुखी कार्यक्रमको आवश्यकता पर्दछ । जबसम्म हामीहरु उत्पानमुलक कार्यक्रमहरु ल्याउंदैनौ तबसम्म विकासको परिकल्पना गर्न सकिंदैन । ’त्यस्तै कार्यक्रमका बोल्दै कर्णाली प्रदेश सरकारका आर्थीक मामीला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णालीको विकासका लागी सडक तथा हवाई यातायातलाई समेत ध्यान दिनुपर्ने बताए ।

त्यस्तै भुमी, कृषी तथा सहकारी मन्त्री विमला केसीले कर्णालीको सम्वृद्धिको लागी युवाहरु एकजुट हुनुपर्ने बताएकी छन् । कार्यक्रममा दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कर्णाली प्रदेशको भाषा, संस्कृतीको विकास, सम्भावना र सीमा का विषयमा डा .दिपक गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै कर्णालीको आर्थीक विकास, सम्भावना र चुनौती विषयमा सुर्खेत क्याम्पस शिक्षाका उपप्रध्यापक माधव प्रसाद खनालले कार्यपत्र प्रस्तुत गरेका थिए ।कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य पदमा खड्का, सुशील थापा, अमरबहादुर थापा, सिता नेपाली लगायतको उपस्थिति रहेको थियो । कार्यक्र भोली सम्म चल्ने छ ।

कार्यपत्र पढ्न तलको लिंकमा क्लिक गर्नुहोला ।

Madhav Sir and Depak Gautam karyapatra