क्याम्पस प्रमुखद्वयको पदभार ग्रहण
क्विक खबर सम्बाददाता
सुर्खेत
मध्यपश्चिमाञ्चल विश्वविद्यालय, इन्जिनियरिङ केन्द्रीय क्याम्पस र बिज्ञान तथा प्रबिधि केन्द्रीय क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदमा क्रमश: ई. बिजय कुमार पण्डित र कृष्ण प्रसाद चपाई नियुक्त भएका छन / सोमबार विश्वविद्यालयको केन्द्रीय क्याम्पसको सभाहलमा संयुक्त रुपमा एक समारोहका बीच विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले पदभार गराएको विश्वविद्यालयका सूचना अधिकारी विष्णु कुमार खड्काले जानकारी दिए /

पदभार ग्रहण कार्यक्रममा प्रमुख अतिथिको हैसियतमा बोल्दै रजिष्ट्रार डा. मल्लले विश्वविद्यालयले कार्य दक्षता र विश्वविद्यालयको समग्र शैक्षिक प्राज्ञिक उन्नयनमा निर्वाह गरेको भूमिकाका आधारमा सबै पक्षको सन्तुलन हुने गरी पदाधिकारीहरू नियुक्त गरिएको दाबि गर्दै क्याम्पस प्रमुख द्वयको नियुक्तिले सम्बन्धित क्याम्पसको अध्ययन, अध्यापन र अनुसन्धानका गतिविधि थप व्यवस्थित हुने विश्वास व्यक्त गरे / त्यसै गरी व्यवस्थापन संकायका डीन डा. मस्त बहादुर गरंजाले विश्वविद्यालयको समग्र विकासका लागि सबै पक्षहरु उत्तिकै जिम्मेवारीपुर्वक लाग्नुपर्ने बताउदै क्याम्पस प्रमुखहरूको नियुक्तिले विश्वविद्यालयले थप गरि लिने बताए/
व्य्वास्वथापन केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख वीर बहादुर पौडेलको अध्यक्षतामा भएको उक्त पदभार ग्रहण कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक गणेश बहादुर कार्की, प्रजातन्त्रबादी प्राध्यापक संघ नेपाल, मध्यपश्चिमाञ्चल विश्वविद्यालय समितिका अध्यक्ष रुपेस खत्री, नेपाल प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिमाञ्चल विश्वविद्यालय समितिका अध्यक्ष तेज बिक्रम बस्नेत, स्वतन्त्र विद्यार्थी युनियन, मध्यपश्चिमाञ्चल विश्वविद्यालय समितिका अध्यक्ष झक्क शाही लगायतकाले शुभकामना तथा बधाई मन्तव्य राख्दै विश्वविद्यालयको शैक्षिक प्राज्ञिक उन्नयनका लागि पठनपाठन र अनुसन्धानका कामकारबाहीहरू व्यवस्थित रुपमा संचालन गर्न सेवा आयोगको सक्रियताको माग गरे /
इन्जिनियरिङ केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख ई. बिजय कुमार पण्डित यस अघि सोहि क्याम्पसका उपप्राध्यापक तथा कार्यक्रम संयोजक हुन भने बिज्ञान तथा प्रबिधि केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद चपाई यस अघि सोहि क्याम्पसका उपप्राध्यापक एवम सहायक क्याम्पस प्रमुख पदमा कार्यरत रहेका थिए / मंगलबार इन्जिनियरिङ संकायका नवनियुक्त सहायक डीन ई. बिरेन्द्र खड्काको पदभार ग्रहण कार्यक्रम डीनको कार्यालयमा आयोजना गरिएको सूचना अधिकारी खड्काले जानकारी दिए /






