मखमली र सयपत्रीको अभाव
१८ कात्तिक, सुर्खेत
नेपालीहरुको दोस्रो महान पर्वको रुपमा मनाइने तिहार पर्व नजिकिन थालेसँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा समेत चहलपहल निकै बाक्लो बनेको छ ।

तिहार पर्वको लागि चाहिने समानहरु किनमेलसँगै पर्वलाई लक्षित गरी फूल माला, टीका बिभिन्न परिकारहरुले सजिएका पसलहरुले वीरेन्द्रनगरको सुन्दरता वर्णन गर्न लाएकको बनाएको छ । यो वर्ष तिहार भन्दा अगाडि नै मखमली, सयपत्री फूल फूलेर तिहारको नजिकै आइपुग्दा ओइलाइसकेकोले मखमली र सयपत्रीको अभाव हुने संकेत देखिएको छ । सुर्खेतमा प्रशस्त फूल व्यावसायीहरु समेत नभएकोले तिहारको समयमा फूलका मालाहरुको अभाव हुने देखिएको हो ।

अर्कोतिर पछिल्लो समय मौलिक सांस्कृतिक परम्परा तथा चाडपर्वहरुलाई पनि आधुनिकतामा गाँसेर मनाउने गरेकोले बजारमा प्लाष्टिकका मालाहरु भने प्रशस्त देखिएको छन् । तिहार पर्वमा दियो, पाला मात्र होइन अहिले फूलका मालाको सट्टा बजारमा रहेका कृतिम फूलहरुबाट बनेका मालाहरु प्रयोग गर्ने क्रम बढ्न थालेको छ ।
गाउँघरमा प्रशस्त मात्रामा फूलहरु नपाउनु सँगै फूलहरुको खेती समेत नगर्नुले अहिले बजारमा रहेका कृतिम मालाहरु प्रयोग बढेको माला व्यावसायी जयशंकर यादवको भनाई छ ।
तिहारको पाँचौ दिन भाइटीकाको दिन टीकासँगै फूलका माला लगाउने प्रचलन रहि आएको छ । गाउँमा फूलहरु नहुनाले फूलको गर्जो टार्नलाई पनि आफनोे क्षमता अनुसार कृतिम मालाहरु किन्ने गर्दछन् । देख्दा पनि झपक्क देखिने र टीका लगाई सकेपछि फूलका मालाको अनिवार्यता हुनाले पनि कृतिम माला भएपनि अनिवार्य रुपमा किनेर लगाउने पछिल्लो समयमा परम्परा झैँ बनिसकेको छ । तिहार पर्वको दीपावलीमा माटोेको पालामा दियो बाल्ने चलनलाईसमेत आधुनिकताले च्यापिदिएको छ । अहिले दियोको सट्टामा विजुली बत्तिले झिलिमिलि बनाउन थालिएको छ ।






