Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

विवेकशील साझा संगठन विस्तारमा

सुर्खेत १९ कार्तिक ।

स्थापनाको छोटो समयमै चर्चामा आएको विवेकशील साझा पार्टी पछिल्लो समय संगठन विस्तारमा जुटेको छ । जस अन्तर्गत उक्त पार्टीले कर्णाली प्रदेशमै पहिलो वडा कमिटी गठन गरेको छ । कर्णाली प्रदेशको राजधानीको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ८ मा तेजबहादुर शाहीको संयोजकत्वमा वडा कमिटी गठन गरेको हो । समितिलाई पछि पूर्णता दिने उक्त पार्टीले जनाएको छ ।


वडा समिति गठन कार्यक्रममा कर्णाली प्रदेशका संयोजक गेहेन्द्र प्रसाद दाहालले कार्यसमितिलाई शुभकामना प्रदान गर्नुभएको छ । साथै उक्त पार्टीले सोही समयमा दीपावली एवम् छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान समेत गरेको थियो । आगामी दिनमा कर्णाली प्रदेशका सबै स्थानीय तहमा आफ्नो संगठन विस्तार गर्दै जाने समेत बताएको छ । वडादेखि केन्द्रसम्ममा पार्टीको संगठन विस्तार गरी देशलाई साँच्चिकै समृद्धि तर्फ अगाडि बढाउने कार्यक्रममा बताइएको छ ।