Loading... आजः १५ भाद्र २०८३, सोमबार । Monday 31st August 2026

सहमति बिना सुर्खेतमा महोत्सव सञ्चालन गर्न नपाइने

सुर्खेत । २८ कार्तिक ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी दिनमा सहमति बिना महोत्सव सञ्चालन गर्न नपाइने भएको छ ।


जिल्लामा विभिन्न संघसंस्थाहरुद्वारा सञ्चालन हुने सास्कृतिक, पर्यटन, तथा व्यापार मेला सञ्चालनका विषयमा सुर्खेतमा रहेका फेन्सी, काचो कपडा, इलेक्ट्रोनिक्स लगायत वस्तुगत समितिहरुले विरोध गरेका छन् ।

बुधबार जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी र वीरेन्द्रनगर नगरपालिकाका मेयर समक्ष ज्ञापनपत्र बुझाउदै स्थानीय व्यापारीहरुले आगामी दिनमा मेला तथा महोत्सव सञ्चालनका लागि आफुहरुसँग सहकार्य गर्नुपर्ने माग गरेका छन् ।

सहकार्य नगरी मेला आयोजना गरिनेमा विरोध सहितका कार्यक्रम अघि सार्ने ज्ञापनपत्रमा बताइएको छ ।

सुर्खेतका काचो कपडा वस्तुगत समिति, इलेक्ट्रोनिक्स वस्तुगत समिति, फेन्सी वस्तुगत समिति, भाडावर्तन वस्तुगत समिति, लिकर्स एशोसियशन वस्तुगत समिति, क्यान वस्तुगत समिति, साइकल वस्तुगत समिति, मासु व्यशायी वस्तुगत समिति, हार्डवेयर वस्तुगत समिति र सुनचाँदी वस्तुगत समिति लगायतले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।