Loading... आजः १५ बैशाख २०८३, मंगलवार । Tuesday 28th April 2026
ताजा खबर
  

देशको बिकास गर्ने जिम्मा सहकारीकर्मिहरुको कांधमा : अध्यक्ष भूषाल

सुर्खेत, ९ मंसिर ।

देशको बिकास गर्ने जिम्मा अब सहकारीकर्मिहरुको कांधमा आएको एक कार्यक्रमका अध्यक्षले औल्याउनु भएको छ । यूएस.ए.आईडिको आर्थिक सहयोग, पहल परियोजनाको व्यवस्थापन तथा सुन्दरनेपाल संस्था सुर्खेत र सेवक दैलेखको सहजीकरणमा संचालित कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धधन कार्यक्रम(पहल) अन्तर्गत सहकारीका पदाधिकारी तथा कर्मचारीहरुका लागि ३ दिने व्यवसायिक योजना निर्माण प्रशिक्षक, प्रशिक्षण समापन तालिमका अध्यक्ष एवंम् सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भूषाल उक्त कुरामा जोड दिनु भएको छ ।

कार्यक्रका अध्यक्ष भूषालले सुनेर, देखेर र प्रयोग गरेर कहिल्यै पनि बिसर्नु नहुने बताउनु भएको छ, हामिले तालिममा सुन्ने र देख्ने कार्य त गर्यौ अब उक्त कुराहरुलाई व्यवहारमा प्रयोग गरेर देखाउनु पर्ने भएको हुदा तालिममा उपस्थित सहभागीहरु सहकारीकर्मि भएको हुदा, जसरी विभिन्न संघ संस्थाहरुले व्यवहार र सिप परिवर्तनका लागी तालिमहरु दिने गरेका छन्, सोहि अनुशार कृषि, व्यापार र व्यवसाय गर्ने सम्पूर्ण व्यक्तिहरुलाई तालिम दिई व्यवसायीक बनाउन सकेको भए देशले बिकासको धोका खोल्ने कुरमा जोड दिनु भयो ।

सहकारीका पदाधिकारी र कर्मचारीहरुका लागी संचालित ३ दिने व्यावसाय योजना निर्माण तालिममा सुर्खेतका ६ र दैलेखका ६ वटा सहकारीका पदाधिकारी एवंम् कर्मचारी गरी २३ जना सहभागी रहेको थियो भने, कार्यक्रममा पहल परियोजनाका जिल्ला संयोजक भीमराज वास्तोला, पहल परियोजनका कार्यक्रम संयोजक सौरभ कर्माचार्य, प्रशिक्षक राजुकुमार के.सी, छेडा नगरपालिका का सहकारी अधिकृत चन्द्रप्रसाद शर्मा, सेवक दैलेखका वित्तिय सेवा अधिकृत चन्द्रप्रसाद शर्माको आथिन्तमा सम्पन्न तालिमका सहभागीहरुलाई प्रमाण–पत्र समेत वितरण गरिएको थियो ।