Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

जातिय विभेद बिरुद्ध देउडा गीत

 कालिकोट, २१ मंसिर ।

जातिय विभेद तथा छुवाछुत न्यनीकरणका लागि कालिकोटको एक विद्यालयमा देउडा गीत प्रतियोगिता गरिएको छ । नरहरीनाथ गाउँपालिका वडा नं. १ मा रहेको नन्दादेवी माध्यमिक विद्यालय कोटवाडामा विद्यालयको अतिरिक्त क्रियाकिलापसंग जोडेर शुक्रबार सचेतना मूलक देउडा गीत प्रतियोगिता सम्पन्न गरिएको हो । विद्यालयसंगको सहकार्यमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालिकोटले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नरहरीनाथ वडा नं. १ का वडा अध्यक्ष पृथी बिष्टले ।

बर्षाैदेखि जडा गडेको जातिय विभेद तथा छुवाछुत विद्यार्थी मार्फत न्यूनीकरण गर्न सकिने बताए । अध्यक्ष बिष्टले यसले समतामूलक समाज निर्माणमा सहयोग पुग्ने बताए । गाउँपालिका शिक्षा शाखाका प्रमुख पंख बहादुर बिष्टले जायित छुवाछुत जस्ता अन्धविश्वास शिक्षा मार्फत अन्त्य हुने बताउँदै विद्यालयका अतिरिक्त क्रियाकलापमा यस्ता विषय समावेश गर्नुपर्ने बताए । कार्यक्रममा चार समूहले प्रतिस्पर्धामा भाग लिएकामा उत्कृष्ठताका आधारमा पुरस्कृत गरिएको साझा आवाज कार्यक्रम कालिकोटका जिल्ला संयोजक बिर तिरुवाले जानकारी दिए ।