Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

कर्णाली प्रदेश कप टी–२० क्रिकेट

पौष १२ सुर्खेत ।

रुकुम पश्चिममा जारी कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगितामा बिहिबार जाजरकोट र सल्यान विजयी भएका छन् । पहिलो जित हासिल गर्ने क्रममा जाजरकोटले जुम्ला र सल्यानले कालिकोटलाई पराजित गरेको हो । जिल्लाको चौरजहारीमा बिहिबार बिहान भएको प्रतियोगीताको दोस्रो खेलमा जाजरकोटले जुम्लालाई ४९ रनले पराजित गर्यो । टस हारेर ब्याटिङको निम्तो पाएको जाजरकोटले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रनको योगफल खडा गरेको थियो । जाजरकोटका लागि प्रणव भडेलले अर्धसतकिय पारी खेले । उनि ५४ रन बनाएर नटआउट रहे ।

जाजरकोटका लागि सुमन गुरुङले १५ रन बनाएका थिए । बलिङ तर्फ जुम्लाका श्री थापाले ४ ओभर बलिङ गर्दै १८ रन खर्चिएर ४ विकेट लिएका थिए । १ सय १६ रनको विजयी लक्ष पछ्याएको जुम्ला १३ दशमलव ४ ओभरमा ६६ रन बनाउँदै अलआउट भयो । जुम्लाका कुनैपनि ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । जाजरकोटका लागि युनिस बिक्रम सिंहले ४, केशव अधिकारीले ३ र प्रणव भडेलले २ विकेट लिए ।

अर्धसतक सहित २ विकेट लिएका जाजरकोटका प्रणव भडेल म्यान अफ द म्याच घोषित भए । बिहिबार नै भएको दोस्रो खेलमा सल्यानले कालिकोटलाई ६१ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको सल्यानले निर्धारित २० ओभरमा १ सय ७९ रन बनाएको थियो । उसका लागि चन्द्र बिसीले सर्वाधिक ७३ रन बनाए । सुर्य बस्नेतले ३४ र निराजन पुनले १९ रनको योगदान दिए । कालिकोटका लागि मवित शर्माले २, प्रतिक गिरीले १ र सुमित माझिले १ विकेट लिएका थिए ।

१ सय ८० रन बलियो विजयी लक्ष पछ्याएको कालिकोट १९ दशमलव २ ओभरमा १ सय १८ रन बनाएर अल आउट भयो । कालिकोटका सुनिल भण्डारीले ३६, सुमित माझिले १७ र प्रविण गिरीले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । सल्यानका प्रविण अधिकारीले २ तथा दिवान पुन, सुरेश नेपाली, चन्द्र बिसी र सुरज बुढाथोकीले १÷१ विकेट लिएका थिए । प्रतियोगीतामा भोली आयोजक रुकुम र सल्यान तथा सुर्खेत र जाजरकोट खेल्ने छन् ।