Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

नाटुको कर्णाली प्रदेशमा अन्सारी

पौष १४ सुर्खेत ।

नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) को कर्णाली प्रदेश प्रथम अधिवेशन मिज्जन अन्सारीको अध्यक्षतामा सम्पन्न भएको छ ।

कर्णाली प्रदेशको श्रम नीति, आम श्रमिकहरुको हितमा रही तत्काल कार्यान्व्यनमा जोड दिन भेलामा सहभागी श्रमिकहरुले जोड दिएका छन् । जिफन्ट आवद्ध नाटुको प्रथम अधिवेशनमा सहभागी श्रमिकहरुले जोड दिएका छन् ।

प्रमुख अतिथि जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष एवम् प्रदेश इन्चार्ज विदुर कार्कीले काम–जीवन–सम्मानका लागि सरकारले ऐन, कानुन पारित गरी कर्यान्वयनतर्फ अगाडी बढेको बताउ“दै आफ्नो हकको निम्ती श्रमिक एकजुट हुनु नै आजको आवश्यकता औंल्याए ।
विशिष्ट अतिथि तथा जिफन्ट प्रदेश अध्यक्ष तेज प्रकाश जि.सी.ले म संगठीत त छु र संगठन छ भन्ने भावना सहित आम श्रमकिहरु जुरमुराउने अवस्था सिर्जना गर्न “म मेरो प्रदेश आफै दौडाउ“छु” नारा लिएर प्रदेश कमिटी अभियानमा जुरिसकेको बताए ।

विशिष्ट अतिथि तथा नाटु केन्द्रीय अध्यक्ष जीवन अधिकारीले आम मेकानिक्स श्रमिकहरु मानव जीवनको महत्वपूर्ण र नभई नहुने क्षेत्रमा काम गर्दछन्, जोखिम मोल्छन् तर श्रमको सम्मान र उचित पारिश्रमिक पाउ“दैनन् त्यसैले दशै जिल्लका मेकानिक्हरु एकठिक्का भई समस्याका विरुद्ध लड्न आग्रह गरे ।

कर्णाली प्रदेश प्रथम अधिवेशनमा मिज्जन अन्सारीको अध्यक्षतामा कमिटी गठन भएको छ । उपाध्यक्ष लोक प्रसाद चपाई, सचिव चुडामणि वि.क., कोषाध्यष रोहन सुनार, सहसचिव अशोक राना, सदस्यहरु जय प्रकाश गिरी, तुलसी प्रसाद पौडेल, कमल प्रसाद पौडेल, राधेश्याम शर्मा, इजरायल सलमानी, बालकृष्ण खड्का, तुल बहादुर शाही, गणेश कार्की तथा वरिष्ठ सल्लाहकार माधव आचार्य चयन भएका छन् ।

अधिवेशनमा नाटु केन्द्रीय कमिटीका उपाध्यक्ष, केन्द्रीय सदस्य, प्रमुख सल्लाहकार, प्रदेश नं.५ र सुदुरपश्चिम प्रदेशका नाटुका प्रतिनिधिहरु, जिल्ला प्रहरी कार्यालय प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख, जिफन्ट राष्ट्रिय महिला तथा युवा कमिटी सदस्य, प्रदेश कमिटीका घटक युनियनका अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

विभिन्न समस्यामा परेका सदस्यहरुलाई आर्थिक सहयोग तथा सम्मान समेत गरिएको थियो । कार्यक्रम नाटु केन्द्रीय सचिव रत्नलाल न्यौपानेले संचालन गर्नु भएको थियो ।