कर्णाली प्रदेश कप टि २० क्रिकेट खेलमा कालिकोट र सल्यान विजयी
पौष १४ सुर्खेत ।
कर्णाली प्रदेश कप अन्तरगत आज भएका खेलमा कालिकोट र सल्यान विजयि भएका छन् । कालिकोटले आयोजक रुकुम र सल्यानले डोल्पालाई पराजित गरेको हो । आज भएको पहिलो खेलमा कालिकोटले रुकुमलाई ७ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको रुकुमले १९ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय १३ रन बनाएको थियो । उसका लागि बिजय बिष्टले २२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो अंकमा रन बनाउन सकेनन् ।
कालिकोटका लागि प्रतिक गिरीले सर्वाधिक ४ विकेट लिएका थिए । जवाफि ब्याटिङमा उत्रिएको कालिकोटले १६ ओभरमा ३ विकेट गुमाएर लक्ष पुरा गर्यो । उसका लागि प्रतिक गिरीले नट आउट ४३ रन बनाए । उनि म्यान अफ द म्याच घोषित भए ।
आजै भएको दोस्रो खेलमा सल्यानल डोल्पालाई ७ विकेटले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको डोल्पाले १४ दशमलव १ ओभरमा सबै १० विकेट गुमाएर ६४ रन जोडेको थियो । डोल्पालाई सस्तैमा समेट्ने क्रममा सल्यानका दिवान पुनले सर्वाधिक ४ विकेट लिए । जवाफि ब्याटिङमा उत्रिएको सल्यानले मात्र ४ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर लक्ष पुरा गरेको थियो । यो संगै ग्रुप ए को खेल रोमाञ्चक मोडमा पुगेको छ । भोली हुने आयोजक रुकुम र डोल्पाको खेलपछि समुह ए बाट सेमिफाईनलमा पुग्ने टिमको टुंगो लाग्ने छ । भोली रुकुम र डोल्पाका साथै सुर्खेत र जुम्ला विचमा खेल हुने छ ।






