Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

सहकारी शिक्षा शिविर संचालन

पौष १४ सुर्खेत ।

शुभलक्ष्मी सहकारी संस्था लि. ले सहकारीलाई नै व्यावसायिक बनाउनका लागि सहकारी शिक्षा शिविर संचालन गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा ११ मा रहेको ब्राइटल्याण्ड माध्यमिक विद्यालय र शिव माध्यमिक विद्यालय धुलियाविटमा उक्त शिविरको संचालन गरिएको हो ।


सहकारी शिक्षा शिविरमा संस्थाका अध्यक्ष बालदीप कंडेलले शकेयर सदस्यता बृद्धि गर्नुका साथै शेयर सदस्यहरुलाई व्यावसायिक बनाउन आर्थिक सहयोग गर्ने बताउनु भएको छ ।उक्त सहकारीले समूहगत रुपमा कार्य गर्नका लागि यस भन्दा अघि गठन भएका विभिन्न समूहहरुलाई समेत सक्रिय बनाई सहकारी ऐन र सहकारीको मर्म र भावना अनुसार अगाडि बढ्ने अध्यक्ष कंडेलले बताउनु भयो ।


सहकारीले आफ्ना शेयरहरुलाई सफल व्यावसायिक बनाउन सकेको खण्डमा सफल समाजको निर्माण हुनेमा विश्वस्त रहेको अध्यक्ष कंडेलको भनाई थियो । कार्यक्रम उपसमितिका संयोजक दुर्गा शाक्यको संयोजकत्वमा सम्पन्न भएको थियो ।