Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

स्वास्थ्यका कर्मचारी हाजिर भएनन्

कृष्ण प्रसाद अधिकारी
पौष १५ दैलेख

दैलेखको पुर्वमा पर्ने भगवतीमाई गाउँपालिका वडा न ३ मेहेल्तोलीको बिदानेमा रहेको स्वास्थ चौकीमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ । स्वास्थ्य चौकीमा १ जना एचए, २ जना अहेब २, अनमी १ जना कार्यालय सहयोगी गरी ६ जनाको दरबन्दी भएपनि दरबन्दी अनुसारका अनमी नहुँदा सेवा प्रवाहमा समस्या भएको स्वास्थ्य चौकीका इन्चार्ज सागर बस्नेतले बताए । गाउँपालिकाले अनमी नियुक्त गरेको १ महिना भई सक्दा समेत अनमी कार्यलयमा हाजिर नभएको इन्चार्ज बस्नेतको भनाई छ । यता लोक सेवा पास गरेर आएकी अनमीलाई काजमा जिल्ला अस्पताल तानीएको उहाँको भनाई छ । गाउँपालिकाले न अनमी पठाउँछ न कार्यलयमा चिठी नै पठाउँछ, बस्नेतले भने ।

भगवतीमाई गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष दान बहादुर खड्का गाउँपालिकालाई अनमी पठाइदिन आग्रह गरेको र गाउँपालिकाले आनाकानी गरी भोली भोली भन्दै टारेको आरोप लगाए । गाउँपालिकाले मंसिरमा खोलेको बिज्ञापनमा ५ जना अनमी नियुक्ती गरिसकेको छ । भगवतिमाइ गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले मेहेल्तोली स्वास्थ्य चौकीमा पठाउँनु पर्ने अनमी कट्टि स्वास्थ्य चौकीमा पठाएको बताए । गर्भवती र सुत्केरी महिला को संख्या धेरै भएको कारण कट्टीमा राख्नु परेको र मेहल्तोली स्वास्थ्य चौकीमा पठाउँन नसकीएकोले अबको केहि समयपछि मेहेल्तोलिको लागी पहल गरिने अध्यक्ष थापाको भनाई छ ।