हराएका सिम्ता गाउँपालिकाका ३ बालिका बुटवलमा भेटिए
पौष १५ सुर्खेत |
स्कुल जान्छौँ भनेर बेपत्ता भएका सुर्खेत जिल्ला सिम्ता गाउँपालिकाका ३ बालिका बुटवलमा भेटिएका छन् ।
गएको पुस १० गते सिम्ता गाउँपालिका ९ खानिखोलाकी १४ वर्षीया निशा सिंह ठकुरी , त्यही ठाउँका दुई बहिनी १५ वर्षीया यमुना खत्री, र उनकी १२ वर्षकी बहिनी रिसिमा खत्री स्कुल जान्छौँ भनेर बेपत्ता भएका थिए ।
उनका अनुसार एकजना मानिससँगै उनीहरु बुटवल बसपार्कमा भेटिएका हुन् । प्रहरीले ती मानिसको नाम खुलाएको छैन । बुटवल फूपूको घर जाने भन्दै कोहलपुरसम्म उनीहरु गएको र त्यहाँबाट बुटवल जाने गाडी खोजेको अनुसन्धानमा पत्ता लागेपछि प्रहरीले बुटवल बसपार्कमा उनीहरुलाई फेला पारेको हो ।
उनीहरुलाई आइतबार नै सुर्खेत ल्याउन लागिएको प्रहरी प्रमुख चौलागाईंले जानकारी दिए ।






