Loading... आजः १३ बैशाख २०८३, आईतवार । Sunday 26th April 2026
ताजा खबर
  

राप्रपा प्रजातान्त्रिककी केन्द्रीय सदस्य कमला देबी शर्माको निधन

पौष १६ काठमाडौं ।

राप्रपा प्रजातान्त्रिककी केन्द्रीय सदस्य कमला देबी शर्माको निधन भएको छ । ५५ बर्षीया शर्माको उपचारका क्रममा विहान ११ः३५ मा मेडीसिटी अस्पतालमा निधन भएको हो । पूर्व राज्यमन्त्री समेत रहेकी शर्मा राप्रपा प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय संयोजक पनि हुन । नसा सम्बन्धी रोगबाट पिडित शर्मालाई पछिल्लो समय निमोनिया पनि भएको थियो भने किड्नीमा समेत समस्या देखिएको थियो । स्वर्गीय शर्माकी श्रीमान, ३ छोरी र एक छोरा छन ।

पूर्व राज्यमन्त्री तथा राप्रपा प्रजातान्त्रिककी नेतृ कमलादेबी शर्माको निधन

अहिले केहीबेरमा नै शर्माको पार्थिव शरिरलाई श्रद्धाञ्जलीको लागि सो पार्टीको केन्द्रीय कार्यालय चावहिलमा ल्याउने तयारी भइरहेको पार्टी नेता मोहन श्रेष्ठले जानकारी दिए । शर्माको आजै साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारिक स्रोतले जानकारी दिएको छ ।