Loading... आजः १२ आश्विन २०८३, सोमबार । Monday 28th September 2026

जन्मदिनमा असहायलाई सहयोग

पौष २२ सुर्खेत |

कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्काले आफ्नो जन्मदिनको अवसरमा देउती बज्यै मन्दिर परिसरमा आश्रय लिइरहेका असहायहरुलाई न्यानो कपडासहित फलफूल वितरण गर्नुभएको छ । वीरेन्द्रनगर १० पिपिरामा रहेको देउतिवज्यै मन्दिरमा वस्दै आएका असहायहरुलाई सांसद खड्काले आफ्नो ३७ औैं वर्ष प्रवेशका अवसरमा सहयोग गर्नुभएको हो ।


जन्मदिनमा फजुल खर्च गर्नु भन्दा असहायहरुलाई सहयोग गरेको सांसद खड्काले वताईन् । ‘जन्मदिनको नाममा पछिल्लो समय फजुलमा हजारौं रुपैयाँ खर्च गर्ने गरिन्छ’ उनले भनिन् ‘ फजुलमा खर्च हुने रकम यस्तै असहायको लागि खर्चिय उनीहरुलाई ठुलो राहात पुग्छ ।’ जन्मदिनमा अनाबश्यक खर्च गर्ने भन्दा पनि सामाजिक काममा लगाउनुपर्नेमा जोड दिईन् ।

 

‘ अनाबश्यक खर्च गर्ने अहिलेको प्रचलन अन्त्य गर्नुपर्छ’ उनले भनिन् ‘ फजुल खर्ज गरेर जन्मदिन तामझाम साथ गर्नुभन्दा असहाय लगायत अन्य सामाजिक कार्यमा लगानी लगाउदाँ राम्रो हुने वताईन् ।’ देउतिवज्यै मन्दिर परिसरमा बस्दै आएका १५ जना असहायले न्यानो कपडा सहित फलफुल पाएका थिए ।