Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

नीजि विद्यालयहरु व्यापारिकरण भए :  नगरप्रमुख खड्का

कृष्णप्रसाद अधिकारी
पौष २५ दैलेख ।

नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले जिल्लामा संचालित नीजि विद्यालयहरु व्यापारिकरण हुँदै गइरहेको बताएका छन् । निजि तथा आवासिय विद्यालय अग्रनाइजेसन नेपाल (प्याब्सन) दैलेखको २८ औँ दिवसको अबसरमा दैलेखमा आयोजित कार्यक्रममा आफ्नो मन्तब्य राख्नुहुँदै नगर प्रमुख खड्काले भने ‘नीजि विद्यालयहरुले कक्षा १ सम्म सम्बन्धन लिन्छन् तर माथिल्लो कक्षासम्म पनि पढाइरहेको हामीले पाएका छौ । उनले स्थानीय सरकारले बनाएको शिक्षा नितिमा सामुदायिक तथा नीजि विद्यालय आउनु पर्ने बताएका छन् । बर्षौ देखी सरकारको तर्फबाट व्यवस्थापन भएका सामुदायिक विद्यालयको तुलनमा निजि तथा आवासिय बिद्यालय अगाडीरहेको निजि विद्यालयले कक्षा १ बाट उत्रिण भएर २ कक्षामा भर्ना हुदाँ निजि बिद्यालयले शुल्क लिने गरेकोले अवको शैक्षिक शत्र बाट यस्तो नर्गन सबै निजि तथा आवासिय बिद्यालयलाइ सुझाब दिएका छन।

स्थानिय सरकारले निजि तथा आवासिय विद्यालय आफ्नो तर्फबाट सहयो पनि गरेको र स्वकृति नलिएर संचालन निजि तथा आवासिय विद्यालय संचालन गरेको पाइएकोले यस तर्फ सकैको चासो जानुपर्ने र निजि तथा आवासिय विद्यालयले आउँदो शैक्षिक शत्र देखी अभिभावको सोचाइमा सकरात्मक प्रभाव पार्न सबै विद्यालयले आफ्नो निजि जग्गा ब्यवस्थापन गर्नु पर्ने र पछेल्लो चरण दैलेखमा निजि विद्यालय बिक्री बितरण धेरै भएको र आउँदो सैशिक सत्र देखि निजि तथा सरकारी बिद्यालय विद्यार्थी संख्या, ब्यवस्थापन र दुरी बिद्यालय मर्च गरीने बताएका छन ।

यस्तै विशेष अतिथि टेकपाल नेपालीले सस्थागत विद्यालयले दिएको योग्दान अमुल्य रहेको र विद्यालयहरु एक अर्कामा प्रतिसप्रधि नभएर आपसमा सहकार्य गरी अगाडी बढनुपर्ने बताएका छन ।

निजि तथा आवासिय विद्यालयको २८ औ दिवसको कार्यक्रममा सबै निजि विद्यालयका प्रतिनिधि उपस्थित रहेका थिए भने कार्यक्रम प्रमुख अतिथि नगर प्रमुख रत्न खड्का बिशेष अतिथि टेकपाल नेपाली, सभा अध्यक्ष सुवास थापा अतिथिहरु युवक नारायण वस्याल मान बहादुर भण्डारी हिमालय जंग शाह लगाएतको उपस्थिति रहेको कार्यक्रमको संचालन प्रकास आर्चाले गरेका थिए ।