राप्रपाको १० नं. मा प्रेम शाही
माघ ५ सुर्खेत |
वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १० मा राप्रपाले वडा भेला सम्पन्न गरेको छ । आज सम्पन्न भएको वडा भेलाले प्रेम बहादुर शाहीको अध्यक्षतामा वडा समिति समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा शेर बहादुर थापा, सचिवमा दीपक गिरी, सहसचिवमा रणबहादुर चौधरी र कोषाध्यक्षमा दुर्गा पुरी चयन हुनु भएको छ । यसै गरी सदस्यहरुमा नन्दप्रसाद चौलागाई, प्रेम बुढा क्षेत्री, तुल्सी गिरी, झरसिं सुनार, अमृता चौधरी, ढाँटुराम चौधरी र पदमा सुनार चयन हुनु भएको राप्रपा जिल्ला कार्य समिति सुर्खेतले जनाएको छ ।

पार्टीको कर्णाली प्रदेश प्रमुख धन बहादुर बुढाको प्रमुख आतिथ्यतामा भएको उक्त वडा भेलामा जनक सिंह ठकुरी, इश्वर श्रेष्ठ, भरत ढकाल, ललितनाथ योगी लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी भेलाले महिला संगठन समेत चयन गरेको छ । जसको अध्यक्षमा खगिसरा पुरी, सचिवमा पार्वती योगी, कोषाध्यक्षमा दिपा गिरी, सदस्यहरुमा बालकुमारी सार्की, बिनिता सुनार, सूक्ष्म सुनार, मीना दर्लामी र तीला रावत चयन भएको राप्रजा जिल्ला कार्य समिति सुर्खेतले क्वीकखबरलाई जानकारी दिएको छ ।






