Loading... आजः १९ बैशाख २०८३, शनिबार । Saturday 2nd May 2026
ताजा खबर
  

संसदमा घम्साघम्सी (फोटो फिचर)

काठमाडौं–

चिकित्सा शिक्षा विधेयक र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताको नाममा रहेका अस्पताललाई वेवास्ता गरेको विषयमा प्रतिनिधिसभाको मंगलवारको बैठकमा घम्साघम्सी भएको छ।

कांग्रेसले आफ्ना नेताको नाम रहेको अस्पताललाई संघीय सरकारमातहत नल्याएसम्म सदन चल्न नदिने अडान राख्दै अवरोध कायम राखेको छ भने अर्काेतिर सभामुख कृष्णबहादुर महरा पेलेरै चिकित्सा शिक्षा विधेयक अगाडि बढाउने प्रयासमा छन्। जसका कारण संसदमा घम्साघम्सीको अवस्था सिर्जना भएको हो।

कांग्रेस सांसदहरु बैठक बसेलगत्तै आफ्नो सिटबाट उठेर रोष्टम घेराउ गर्दै आएका छन्। यही बीचमा आजको दोस्रो बैठकमा सभामुखले जबरजस्ती चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई समय दिएपछि कांग्रेस सांसद आक्रामक रुपमा प्रस्तुत भए। उनीहरुले शिक्षा मन्त्रीलाई घेरा हालेर रोष्टमै जान दिएनन। अन्ततः सभामुख दोस्रो बैठक पनि स्थगित गर्न बाध्य भए।










नागरिक न्युज बाट