Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

पञ्चपुरी वृहत सांस्कृतिक महोत्सव हुदै

सुर्खेत, माघ १८ ।

पश्चिम सुर्खेतको बाबियाचौरमा आउँदो फाल्गुनको दोश्रो सातादेखि पञ्चपुरी वृहत सांस्कृतिक महोत्सव २०७५ सञ्चालन हुने भएको छ । रेडियो डाडादरा एफ एमको आयोजना र वावियाचौर स्पोर्टस् क्लव तथा सिंगारो म्युजिक प्रालिको सह-आयोजनामा आउँदो फाल्गुन ८ गते देखि १५ गते सम्म महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ ।

महोत्सव सञ्चालनका विषयमा जानकारी दिन शुक्रबार विरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सिंगारो म्युजिक प्रालिका निर्देशक बिन्द्र प्रसाद जैशीले पश्चिम सुर्खेतको शान पर्यटन प्रवद्धनमा हाम्रो अभियान भन्ने मुल नारा सहित निकै पछाडि परेको पश्चिम सुर्खेतको प्रवद्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको वताए । उनले कर्णाली प्रदेशको राजधानि संगै जोडिएको पश्चिम क्षेत्रको विकास कछुवा गतिमा भैरहेको अवस्थामा पश्चिम क्षेत्रको पर्यटन र अपार संभावनाहरुलाई उजागर गर्ने उदेश्यले महोत्सव संचालन गर्न लागिएको वताए ।

उनले महोत्सवमा पश्चिम क्षेत्रका उत्पादित वस्तुहरु , स्थानिय कला ,संस्कृति , खेलकुद लगाएत पर्यटनस्थलहरुलाई विशेष जोड दिने वताए । करिव ५० लाखको लागत अनुमान गरिएको महोत्सवमा १ लाख दर्शकको सहभागिता रहने आयोजकको दावी रहेको छ । महोत्सवको आम्दानीले पश्चिम क्षेत्रमा रहेको रेडियो डाडादरा एफएमको प्रशारण क्षमताकोलागि खर्च गरिने समेत  वताएको छ ।