Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

१६२ घरपरिवारलाई नयाँ जग्गाधनी पूर्जा वितरण

फागुन ११, सुर्खेत

 सुर्खेतको वीरेन्द्रनगर नगरपालिका साविकको वडा नम्वर ९ मा नयाँ जग्गाधनी पूर्जा वितरण गरिएको छ । शनिवार वीरेन्द्रनगरमा एक कार्यक्रमका बीच १ सय ६२ घरपरिवारलाई नयाँ जग्गाधनी पूर्जा वितरण गरिएको छ । स्थानीयवासिन्दाबीचको जग्गा सम्बन्धी विवाद हटाउने उद्देश्यले शहरी नापी अन्तर्गतको पूर्जा वितरण गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले जानकारी दिए ।

वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाल र वडा अध्यक्ष थम्मप्रसाद गौतमले संयुक्त रुपमा लालपूर्जा वितरण गरेका हुन् । कार्यक्रममा पहिलो पूर्जा वडा नम्वर ९ का जेष्ठ नागरिक चुडामणि कँडेललाई प्रदान गरिएको हो । यस लगत्तै वडा नम्वर सातमा पूर्जा वितरण गरिने नगरपालिकाले जनाएको छ ।

पूर्जा वितरण गर्दै नगरप्रमुख सुवेदीले नगरपालिकाको गुरुयोजनालाई पुर्जा वितरणले सहयोग पुग्ने बताए । पूर्जा वितरणको कार्यक्रमले स्थानीयवासिन्दाबीचको जग्गाा सम्बन्धीको विवादको अन्त्य हुने बताए । वडा अध्यक्ष गौतमले २०५४ सालबाटै शहरी नापीको प्रक्रिया शुरू भएको बताउँदै यस अन्तर्गत पूर्जा वितरणले नगरको गुरुयोजनालाई सहयोग पुग्ने धारणा राखे । कार्यक्रममा वडा नम्बर ७, ९ र १० का वडा अध्यक्षहरू तथा स्थानीयको सहभागिता रहेको थियो ।

लोकान्तरबाट