तीन सरकारको सहकार्यमा जनगणना
सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले तीनतहका सरकारको समन्वय र सहकार्यमा जनगणना गर्नु पर्ने बताएका छन् । जनगणना गर्दा कमजोरी भए तथ्याङ्कमा नै उल्टो हुने भएकाले गणना गर्ने कुरामा सबै सचेत हुनुपर्ने बताए । गणनाको तथ्याङ्क बिग्रिएको अवस्थामा ठूला ठूला समस्याहरु आउने भएकाले नयाँ संरचनामा गइसकेको अवस्थामा नयाँ प्रविधिहरु सहित लाग्नुपर्ने उनको धारण थियो । ‘मेरो जनगणना– मेरो सहभागिता भन्ने मुल नारा सहित बुधबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा प्रदेशस्तरीय अन्तरक्रिया गोष्ठीमा मन्त्री ज्वालाले यस्तो धारणा राखेका हुन ।
यस्तै कार्यक्रममा सामाजिक विकास मन्त्री दलरावलले जनगणनालाई राष्ट्रिय अभियानको रुपमा लिएर सबै तहका सरकारहरु एकदमै संवेदनशिल भएर लाग्नुपर्ने बताए । तथ्याङ्क संकलन गर्ने व्यक्तीहरुलाई राम्रोसंग प्रशिक्षण दिएर गाउँगाउँ बस्तीबस्तीका गरीब निमुखा वर्गको डाटाहरु समेट अटाउनुपर्ने उनको भनाई थियो ।
यस्तै कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले विभाग स्थानिय सरकारलाई दिएको जिम्मेवारी पुरा गर्न स्थानिय सरकार तयार रहेको बताए । अहिले देश नयाँ संरचनामा गएसंगै जनगणना गर्ने कुरामा पनि केहि परिवर्तन गर्नु पर्ने उनको धारणा थियो ।
यस्तै कार्यक्रममा केन्द्रिय तथ्याङ्क विभाग, जनसंख्या शाखाका निर्देशक ढुण्डीराज लामिछानेले नेपालमा जनगणनाको इतिहास, जनगणना तथ्यांक प्रयोगको संवैधानिक व्यवस्था, जनगणनाको तथ्यांकको प्रयोग, तथ्यांक संकलनमा परिवर्तनको आवश्यकता लगायका कुराहरुमा आफ्नो प्रस्तुति मार्फत धारण राखेका थिए । साथै उनले सबै प्रकारका गरिबहरुलाई बसै ठाउँबाट अन्त्य गर्ने, भोकमरी अन्त्य गर्ने, सबै उमेर समूहका व्यक्तीका लागि स्वास्थ्य जीवन सुनिक्षित गर्दै समृद्ध जीवन प्रवद्र्धन गर्ने, सबैका लागि समावेशी, समतामुलक गुणस्तिरीय शिक्षा र जीवन पर्यन्त सिकाईको अवसरहरु सुनिश्चित गर्ने लगायतका दिगो विकास लक्ष्य रहेको जानकारी दिए । जनगणनाको मुख्य प्रश्नावली फारम, लगत सुची फारम, प्रस्तावित प्रश्नावलीका विषयबस्तुहरुको बारेमा जानकारी दिएका थिए ।
यस्तै कार्यक्रममा सहभागितहरुले जनगणनाको विषयमा आ–आफ्नो धारणा राखेका थिए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक चक्रप्रसाद गौतमले जनगणना सम्बन्धी विद्यार्थीले कक्षामा पढेपनि व्यवहारमा उतार्न नसकिएको अवस्थामा यहाँका विद्यार्थीलाई गणकको रुपमा परिचालन गरिएको अवस्थामा विद्यार्थीको पढाई व्यवहारमा उतार्न सकिनुका साथै सबै क्षेत्रको सहि डाटा आउने विश्वास व्यक्त गरे । साथै जनगणनाको बारेमा सबैले सजिलै थाहा पाउनको लागि मोवाईल एप्स तयार गरेको भए बसैले सजिलै थाहा पाउन सकिने उनको भनाइ थियो ।
यस्तै सुर्खेत क्याम्पस शिक्षाका प्रध्यापक इश्वरबहादुर बिष्टले जनगणनाको तथ्याङ्क प्रत्येक बर्ष बर्षमा बाहिर निकाले जनसंख्याको अबस्थाको बारेमा सहिजै थाहा पाउन सकिने बताए । साथै उनले सकारको नीति नियम कानुन कडा नबनाए स्पष्ट डाटा आउन नसक्ने बताए । केन्द्रिय तथ्याङ्क विभागा काठमाडौँ र तथ्याङ्क कार्यालय सुर्खेतको संयुत्त आयोजनामा भएको उक्त कार्यक्रममा सुर्खेत स्थित विभिन्न विद्यालय, संघ संस्थाहरु लगायत अन्य विभिन्न विभाग तथा सम्बन्धीत क्षेत्रका मानिसहरुको सहभागिता रहेको थियो ।






