Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

राप्रपा सुर्खेतले जलायो धर्मनिरपेक्षता अंकित ब्यानर

बैशाख ६,सुर्खेत ।
सरकार समक्ष हिन्दु राष्ट्र पुनःस्र्थापना लगायत २२ बुँदे माग राखी चरणबद्ध आन्दोलनमा होमिएको राप्रपाले शुक्रबार धर्म निरपेक्षताको अंकित ब्यानर र पोष्टर वीरेन्द्रनगरको मंगलघडी चोकमा जलाएको छ । पार्टी कार्यालयबाट निस्केको जुलुसले मंगलगढी चोकमा कोण सभा गरि धर्म निरपेक्षताको खारेजको माग गर्दै व्यानर जलाएको हो । कार्यक्रममा राप्रपा प्रदेश अध्यक्ष धन ब. बुढा, केन्द्रीय सदस्य तुलाराम गिरी, जिल्ला अध्यक्ष मान ब खड्का लगायत अन्य नेताहरुको सहभागिता रहेको सो पार्टीका प्रचार विभाग सदस्य प्रेम बिसीले जानकारी दिए ।


उनका अनुसार गएको फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई जनसंघर्ष कार्यक्रम घोषणा गरेको राप्रपाले आफ्ना २२ बुँदे मागबारे आम जनतालाई जानकारी दिन, मागका पक्षमा जनमत सिर्जना गर्न भन्दै फागुन मै १५ दिने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न गरिसकेको छ ।

पहिलो चरणको जनसंघर्ष कार्यक्रम अन्तर्गत राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापना हस्ताक्षर संकलन अभियान, संघ, प्रदेश र जिल्लाका प्रशासनिक कार्यालयमा धर्ना तथा प्रदर्शन र विकास केन्द्रीत कार्यालयमा भ्रष्टाचारको अन्त्य लगायतका मागहरू राखी एक घण्टे धर्ना कार्यक्रम पनि सम्पन्न गरिसकेको छ ।

पहिलो चरणको चौथो कार्यक्रम अन्तर्गत राप्रपाले वैशाख ६ गते शुक्रबार धर्म निरपेक्षता अंकित को ब्यानर र पोष्टर जलायको र राप्रपाले पहिलो चरणको अन्तिम कार्यक्रमको रुपमा वैशाख ८ गते राजमार्ग र चोकहरुमा सत्याग्रह गर्ने र आफ्ना मागहरू बारे सरकार गम्भीर नभए पार्टीको निर्णय अनुसार दोश्रो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेर अगाडि बड्ने प्रचार विभाग सदस्य बिसिले बताएका छन् ।