Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

बेचबिखच विरुद्ध एक दिने अन्तरक्रिया

सुर्खेत

लालिगुराँस युवा क्लबको आयोजनामा मानव बेचबिखच विरुद्ध एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ ।कार्यक्रममा बिरेन्द्रनगर नगरपालिकाकि उपमेयर मोहनमाया ढकाल ज्युको प्रमुख आथित्यमा मानव बेचबिखन, लैंगिक हिंसाका बारेमा विभिन्न समस्याहरु बढ्दै गएको बताउनु भयो । मानव बेचबिखन धेरै प्रकारको हुने भएकाले यसलाई सुक्ष्म अध्ययन गर्दै समस्याको किनारा लगाउनुपर्ने बताउनु भएको थियो ।

त्यस्तै बिरेन्द्रनगर १२ का वडाध्यक्ष लोक प्रसाद चालिसेले जटिल खालका मानव बेचबिखन जस्तो समस्यालाई पनि गाउँ शहरमा विभिन्न प्रलोभनमा बढ्दै गहिरहेको र यसलाई न्यूनीकरण गर्न विभिन्न युवाक्लब मानवअधिकार संघसंस्थाको महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो। अन्तरक्रिया कार्यक्रममा मोटिभेस्नल स्पिकर शक्ति समुह नेपालकि कार्यकारी निर्देशक सुनिता दनुवारको जीवन भोगाई सङ्गै अन्तरक्रिया कार्यक्रम ३ घन्टासम्म संचालन भएको थियो ।

साथै सुर्खेतमै पहिलोपटक silent Drama अन्तर Stop Human trafficking सम्बन्धि नाटक प्रस्तुत भएको थियो । जनचेतनामूलक उक्त नाटकका लेखन कार्य घनश्याम रानाको रहेको थियो। करिब ३०० जनाको उपस्थितिमा क्लबकी अध्यक्ष पार्बती थापाको सभाध्यक्षमा समापन र समापन कार्यक्रम संचालन क्लबकी सदस्य रक्षा खडकाले संचालन भएको थियो ।