Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

कम्प्युटर सिक्दै छोरी–बुहारी

कृष्णप्रसाद अधिकारी
दैलेख

दैलेखको दुल्लु नगरपालिकामा छोरी–बुहारीका लागि आधारभुत कम्प्युटर तालिम सुरु भएको छ । दुल्लु नगरपालिकाको आर्थिक सहयोग तथा गुराँस कम्प्युटर दुल्लुको सहकार्यमा तालिम सुरु भएको हो ।


यहाँका एकल महिला तथा एकल महिलाको छोरी–बुहारीका लागि तीन महिने आधारभुत कम्प्युटर तालिम संचालनमा ल्याईएको हो । तालिममा दुल्लु नगरपालिकाका १३ वटै वडाका ६/६ जना गरि ७८ जना एकल महिला र एकल महिलाका छोरी–बुहारीको सहभागी छन् । उनीहरुले कम्प्युटर सम्बन्धि सैद्धान्तिक र प्रयोगात्मक सिप सिकिरहेका छन् ।

उक्त तालिमको दुल्लु नगरपालिकाका उपप्रमुख विष्णु थापाले उद्घाटन गर्नुभएको हो । तालिम उद्घाटन गर्नुहुँदै उपप्रमुख थापाले अहिलेको विश्व विज्ञान प्रविधिको युग अनुसारको तालिम छोरी बुहारीलाई प्रदान गर्न लागिएको बताउनुभयो । उहाँले जनप्रतिनीधिहरुमा भएको सिप र क्षमता व्यवहारमा उतारेको खण्डमा समृद्ध नगर बनाउन सहयोग पुग्ने बताउनुभयो ।

गुराँस कम्प्यूटरका संचालक इन्द्र कार्कीले तालिमबाट प्राप्त हुने प्राविधिक ज्ञानले आयआर्जनमा टेवा पुग्ने बताउनुभयो । तालिम फलदायी हुने विश्वास व्यक्त गर्दै सक्रियताका साथ सहभागि हुन सहभागीलाई आग्रह गर्नुभयो ।