Loading... आजः ४ जेष्ठ २०८३, सोमबार । Monday 18th May 2026
ताजा खबर
  

स्थापना दिवसमा मैत्रीपूर्ण ब्याडमिन्टन संगै रक्तदान

सुर्खेत ।

नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको २८ औँ स्थापना दिवसको अवसरमा मैत्रिपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । आईतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको व्यामशालामा सम्पन्न खेलमा खडानन्द दर्लामी र बालमुकुन्द आचार्य प्रथम भएका हुन् ।

यस्तै गणेशकन्चन भारती र तिलक बस्नेत दोस्रो, खिमलाल देवकोटा, टेकेन्द्र विश्वकर्मा, दिपेन्द्र किशोर खनाल र सुदिप पुरी तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई १० हजार र दोस्रो हुनेलाई ५ हजार दिईने आयोजकले जानकारी दिएको छ । परस्कृत हुनेहरुलाई सोमबार हुने शुभकामना आदान प्रदान कार्यक्रम मार्फत दिइने नेपाल पत्रकार महासंघ शाखा सुर्खेतले जानकारी दिएको छ ।

Image may contain: 5 people, including Thapa Maya, people smiling, people sitting and people standing
यस्तै दिवसकै अवसरमा रक्तदान कार्यक्रम समेत गरिएको छ । पत्रकार महासंघको कार्यालयमा भएको रक्तदान कार्यक्रममा सुर्खेत जिल्ला स्थित विभिन्न सञ्चार माध्याममा कार्यरत पत्रकारहरु तथा अन्य क्षेत्रका मानिसहरु गरी एक दर्जन भन्दा बढीले रक्तदान गरेको आयोजकले जानकारी दिएको छ ।

Image may contain: one or more people, people playing sports and basketball court