Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

१३ बुँदे घोषणा पत्र जारी गर्दै वाङ्मय संगोष्ठी समापन

वैशाख २८ सुर्खेत ।
हिजो (वैशाख २७) गतेदेखि संचालन भएको वाङ्मय संगोष्ठी समापन भएको छ । दुई दिनसम्म सञ्चालन भएको संगोष्ठीको दोस्रो दिन नेपाली कवितामा कर्णाली प्रदेशको योगदान विषयमा प्रा. जगतप्रसाद उपाध्याय र कर्णाली प्रज्ञा प्रतिष्ठानको आवश्यकता र सम्भावना विषयमा प्रा. डा. जीवेन्द्रदेव गिरीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

दोस्रो दिनमा प्रदेश स्तरीय कवि गोष्ठी समेत सञ्चालन भएको थियो । जसमा करिब साढे चार दर्जन कविहरुले कविता वाचन गरेका थिए । संगोष्ठीको अन्त्यमा १३ बुँदे कर्णाली प्रदेश साहित्यिक घोषणा पत्र जारी गरिएको थियो ।

कार्यक्रममा दैलेख, सुर्खेत, कालिकोट, सल्यान, जाजरकोट, अछाम, बाँके, बर्दिया लगायतका जिल्लाहरुका साहित्यकाहरुको सहभागीता रहेको थियो ।

बलभद्र भारतीद्वारा प्रस्तुत घोषणा पत्रको पूर्ण पाठ: