Loading... आजः १९ बैशाख २०८३, शनिबार । Saturday 2nd May 2026
ताजा खबर
  

घरेलु तथा साना उद्योगको अवस्था, अवसर र चुनौतीहरु विषयक गोष्ठी हुने

असार ११ सुर्खेत |
सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय लघु घरेलु तथा साना उद्योग : अवस्था, अवसर र चुनौतीहरु विषयक गोष्ठी हुने भएको छ । वीरेन्द्रनगरको सिद्धार्थ होटलमा भोली विहीबार विहान ८ बजेदेखि गोष्ठी हुने नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशका अध्यक्ष चन्द्र बहादुर बिसीले जानकारी दिनु भयो ।


गोष्ठीको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष बि.सी.ले भन्नुभयो, ‘कुल ग्राहस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान मध्ये ९० प्रतिशत हिस्सा रहेको यस क्षेत्रले निर्यात र रोजगारी श्रृजनामा समेत उल्लेख्य भूमिका रहेको छ ।’ कर्णाली प्रदेश अन्तरगत हालसम्म करिव १४ हजार लघु घरेलु तथा साना उद्योगहरु दर्ता भएको र करिव १३ हजार ७ सय ३० लघु घरेलु तथा साना उद्योगहरु बार्षिक नविकरण गरि अद्यावधिक भई चाल्ु अवस्थामा रहेको छन ।

आर्थिक सम्बृद्धि र विकासको राष्ट्रिय लक्ष हासिल गर्न अर्थतन्त्रका २ मुख्य चुनौतिहरु क्रमशः आयात निर्यात व्यापार असन्तुलन र यूवाहरुलाई स्पदेशमै आकर्षक रोजगारीका अवसर श्रृजना गर्न लघु घरेलु तथा साना उद्योगहरुको स्तरोन्नतीबाट मात्रै सम्भव रहेको उहाँको भनाई थियो । ‘यसबाट एकातर्फ उद्योग स्तरोन्न्ती हु“दै जा“दा नया“ रोजगारीका अवसर श्रृजना हुन्छ भने उत्पादन तथा उत्पादकत्व अभिबृद्धि ह“दा आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा टेवा पुग्दछ, अध्यक्ष बि.सी. ले थप्नुभयो ।

मुलुक संघिय संरचनामा रुपान्तरण भईसकेको र तीन तहका सरकारहरुले नेपाली जनताको आर्थिक समृद्धि र विकासको तिब्र चाहानालाई सम्बोधन गर्न विभिन्न नीति तथा कार्यक्रमहरु मार्फत कार्य गरिरहेको सन्दर्भमा आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका लघु घरेलु तथा साना उद्योगको विकासमा उल्लेखनिय कदम चाल्नु उहाँको भनाई थियो ।

गोष्ठीमा २ वटा कार्यपत्रहरु समेत प्रस्तुत हुने कार्यक्रम रहेको अध्यक्ष बि.सी. ले जानकारी दिनु भयो ।  गोष्ठीमा लघु घरेलु तथा साना उद्योगहरुको प्रवर्धन र विकासमा हालसम्म के कस्ता प्रयासहरु भए ? त्यस्ता प्रयासहरुको अनुभव कस्तो रह्यो ? यस क्षेत्रका ठोस मुद्दाहरु के के हुन ? जिल्लागत रुपमा के कस्ता अवसरहरु छन ? प्रदेश सरकार , स्थानीय सरकार र संघिय सरकारले के कस्ता नीति तथा कार्यक्रम मार्फतच सम्बोधन गर्नुपर्दछ भन्ने विषयमा र खास गरेर कर्णाली प्रदेशमा लघु घरेलु तथा साना उद्योगमा लगानीको अवसर र चुनौतीका बारेमा छलफल गरि यस्का निष्र्कषहरु स्थानीय, प्रदेश र संघिय सरकारलाई पृष्ठपोषणमा रुपमा प्रस्तुत गरिने उद्देश्यका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा तथा नेपाल सरकार, लघु घरेलु तथा साना उद्योग विकास कोषसँगको सहकार्यमा कार्यक्रमको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा बताइएको छ ।

कर्णाली प्रदेशका सबै जिल्लाका उद्यमी प्रतिनिधिहरु ,महिला उद्यमी प्रतिनिधिहरु प्रदेशस्तरका सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रका प्रतिनिधिहरु समेतको सहभागिता रहने बताइएको छ ।

कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको प्रमुख आतिथ्यता आयोजना हुने गोष्ठीमा ेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय अध्यक्ष श्याम प्रसाद गिरीको समेत सहभागिता रहने बताइएको छ । पत्रकार सम्मेलनमा कविराज खत्री, दिपक बहादुर बुढालगायत संस्थाका कर्णाली प्रदेशका विभिन्न जिल्लाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।