Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

संसद रेग्मीको प्रश्न : प्रदेश सरकारको बजेट कसले बनायो ?

असार १३ सुर्खेत ।
कर्णाली प्रदेश सरकारले असार १ गते संसदमा प्रस्तुत गरेको बजेट माथिको छलफलको अन्तिम दिन दैलेख निर्वाचन क्षेत्र नं. १ (क) बाट निर्वाचित सांसद धर्मराज रेग्मीले प्रदेश सरकारको बजेट कसले बनायो भन्ने प्रश्न उठाउनु भएको छ । स्वयम् संसदहरुलाई नै पूर्ण रुपमा जानकारी नदिई एनजिओकर्मीहरुलाई आर्थिक मामिला मन्त्रालयमा राखेर बजेट बनाएकोले अहिले संसदमा आर्थिक मामिला तथा योजना मन्त्रीले ताली खान पाउने वा नपाउने भन्ने द्विविधा रहेको संसद रेग्मीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कर्णाली प्रदेशमा के कति बजेट आयो भन्नुभन्दा पनि यस प्रदेशको गरिबी नघट्नुको कारण के हो भन्ने पत्ता लगाएर त्यसमा केन्द्रित हुँदै बजेट बनाउनु पर्नेमा त्यसो हुन नसकेकोले बजेट माथि विभिन्न प्रश्नहरु उठ्ने गरेका छन् ।