Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

सिपाहीकी स्वास्‍नी आइफ्लिक्सबाट सार्वजानिक

काठमाडौँ |

सर्ट फिल्म सिपाहीकी स्वास्‍नी  आइफ्लिक्सबाट सार्वजनिक भएको छ । निर्मल पौडेलद्वारा , कथाकार महेश विक्रम शाहको कथा ‘सिपाहीकी स्वास्‍नी’मा आधारित भएर बनाइएको फिल्म  हो।

फिल्ममा चलचित्र झोलाकी नायिका गरिमा पन्त १० वर्षे सशस्त्र द्वन्द्वमा एउटी सिपाहीको स्वास्‍नीको रुपमा रहेकि छिन् ।

फिल्मको  छायांकन अमृत केसीको रहेको छ भने सम्पादन अधिनायकमान शेरचन र रङ संयोजन अनन्त घिमिरेको रहेको छ।

फिल्ममा शोभा त्रिपाठी, सरु दाहाल, प्रशान्त दाहाल लगायतका कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन्। निर्मल फिल्म्स को प्रस्तुति रहेको यस फिल्मका निर्माता रीता पौडेल र नरहरि पौडेल हुन् भने फिल्मको पटकथा लेखन निर्मल पौडेल र रितेश गुरुङले संयुक्त रूपमा गरेका हुन्। कथाकार महेश विक्रम शाहको कथा ‘सिपाहीकी स्वास्‍नी’ चर्चित पुस्तक हो |