Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

महाकालीमा पानीको बहाव बढ्यो : वनबासा पुलमा सवारी चलाउन रोक

महेन्द्रनगर : सोमबार रातिदेखि परेको अविरल वर्षाले महाकाली नदीमा पानीको बहाव बढेपछि वनबासा पुलमा चार पाङग्रे सवारी आवागमनमा रोक लगाइएको छ। नेपाल-भारत जोड्ने वनबासा पुलमा भारतीय पक्षले मंगलबार बिहानैदेखि चार पाङग्रे सवारी साधनलाई आवतजावतमा रोक लगाएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ।

प्रहरीका अनुसार महाकाली नदीमा पानीको बहाव १ लाख १३ हजार क्युसेक पुगेको छ। पुलमा ठूला सवारीसाधन आवागमनमा रोक लगाइएपछि यात्रुहरु समस्यामा परेका छन्।पहाडी जिल्लामा वर्षा नरोकिएकाले अझै नदीमा पानीको बहाव बढ्न सक्ने प्रहरीको अनुमान छ।

त्यसैगरी, वर्षाका कारण भीमदत्त नगरपालिकाका ऐठपुर, वनखेत, सालघारी र बजार क्षेत्रको केही भाग डुबानमा परेको छ। उत्तरबाट आउने खहरे खोलाको पानीको निकास नहुनाका साथै बजार क्षेत्रमा ढलको निकास नहुँदा केही भाग डुबानमा परेको हो।

भीमदत्त नगरपालिका क्षेत्रका कतिपय वडा जलमग्न भएका छन्। पानीको निकास हुन नसक्दा भीमदत्तनगरका ४,१८,१७,२,६ का कतिपय बस्तीमा २÷३ फिटसम्म पानी जमेको छ। यस्तै ४ नम्बर वडाकझ बजार क्षेत्र बढी प्रभावित भएको छ।

 

अन्नपुर्ण पोष्ट बाट साभार