विनेसामको नेपाल शाखा पुर्नगठन
सुर्खेत ।
‘विश्वभरका साहित्यकारहरु एकजुट होऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराका साथ स्थापना भएको विश्व नेपाली साहित्य महासंघको नेपाल शाखा पुर्नगठन भएको छ ।कल्पना पौडेल ‘जिज्ञासु’ को अध्यक्षतामा नेपाल शाखा पुर्नगठन भएको छ ।

यसैगरि वरिष्ठ उपाध्यक्षमा केवि पौडेल, उपाध्यक्षमा केशु पोखरेल खनाल, महासचिवमा अम्बिका चाम्फू, सचिवमा संजाल शर्मा, कोषाध्यक्षमा बासु श्रेष्ठ, सहसचिवमा दीपा नेपाल, सहकोषाध्यक्षमा नविन रावत चयन भएका छन् । सदस्यहरुमा टंकबहादुर बजगाँई, ढुण्डीराज ढकाल, लोकेश जलन, सीता विष्ट कार्की, सुभद्रा घिमिरे, कृष्णबहादुर केसी, बिमला अधिकारी देवकोटा, मोहन कार्की, कल्पना चाम्लिङ्ग राई चयन भएका छन् ।
नेपाली साहित्यको श्रीबृद्धिका लागि स्वदेश तथा विदेशमा रहनु हुने नेपाली साहित्यकारहरु आवद्ध यस संस्थाले विभिन्न देशमा २४ वटा भन्दा बढि शाखाहरु स्थापना गरिसकेको छ । विश्व केन्द्रीय समितिको निर्वाचन भएको एक महिना पछि विश्व केन्द्रीय समितिका महासचिव केदार संकेतको उपस्थितिमा नेपाल शाखाको पुर्नगठन गरेको हो ।
विश्व नेपाली साहित्य महासंघका सबै शाखाहरुलाई सक्रिय गराएर अगाडि बढ्दै नेपाली भाषा र साहित्यलाई विदेशी साहित्यकारहरु माझ पु¥याउन आवश्यक रहेको महासचिव संकेतले बताए ।
संस्थाले अष्टे«लिया शाखाको उद्घाटन आज गर्ने कार्यक्रम रहेको अध्यक्ष सुरेन्द्र परदेशीले बताए ।






