रहेनन् मैतु नेपाली
सुर्खेत ।
सुर्खेती कलाकार मैतु नेपालीको निधन भएको छ । वीरेन्द्रनगरको मुलपानी चोकमा अटोबाट खस्दा गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कलाकार मैतुराम नेपाली दृष्टिविहिन थिए । कमजोर आर्थिक अवस्थाका कारण वीरेन्द्रनगरको चोक–चोकमा बसेर गीत गाउने मैतु सुर्खेती कला र संगीतको क्षेत्रमा परिचित थिए । वीरेन्द्रनगर–६ खोर्केखोला निवासी नेपालीको शनिबार दिउँसो मुलपानी चौकमा अटोबाट खस्दा गम्भीर घाइते भएका थिए । घाइते नेपालीलाई उपचारका लागि लखनऊ लगिएको थियो । सारंगी रेटेर विरहका गीत गाउने दृष्टिविहीन नेपाली धारापानी जाँदै गर्दा भे १ स ७९१८ नम्बरको अटोबाट खसेका थिए ।
टाउकोमा गम्भीर चोट लागेका नेपालीको सुर्खेतमा उपचार हुन नसकेपछि थप उपचारको लागि कोहलपुरहुँदै भारतको लखनऊ लगिएको जनाइएको छ । नेपाली चौक चौकमा बसेर गीत गाएरै दैनिकी चलाउँदै आएका थिए । उनलाइ ठक्कर दिने अटो फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।






