Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

चरेससहित तीन जना पक्राउ

सुर्खेत ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रतिबन्धित लागु पदार्थ चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरी शुक्रबार सुर्खेत सदरमुकाम वीरेन्द्रनगर—१०, पञ्चकोशी टोल स्थित दिपचन्द्र होटलको कोठा नम्वर १०६ बाट एक किलो ९३० ग्राम लागु पदार्थ चरेससहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर—१०, की तुलसा शाही, जुम्ला तातोपानी गाउँपालिका—७, का नैन शाही तथा जाजरकोट जुनिचांदे गाउँपालिका—९ का नैनबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

लागुऔषध चरेस खरिद विक्री भईरहेको गोप्य सूचना पाएपछि जिप्रकाबाट खटिएको प्रहरी टोलीले चरेससहित उनीहरुलाई रंगे हात पक्राउ गरिएको प्रहरी निरीक्षक भरत शाहले जानकारी दिए । उनका अनुसार बरामद चरेससहित उनीहरु माथि गहन अध्ययन शुरु गरिएको छ ।