Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

सात वटा कम्युनिस्ट किल्ला ढाल्यो कांग्रेसले

काठमाडाैं । शनिबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसले विभिन्न जिल्लामा कम्युनिस्ट किल्ला भत्काउन सफल भएको छ ।

यसअघि भएको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमालेले जितेका क्षेत्रमा यसपालि कांग्रेस उम्मेदवारले जितेर कम्युनिस्ट किल्ला भत्काएका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनदेखि मुख्यमन्त्री शंकर पोखरेलको गृहजिल्ला दाङसम्ममा कम्युनिस्ट किल्ला भत्काइएको नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेसले प्रदेशसभा १ सिट र वडाध्यक्ष ६ गरी ७ ठाउँमा नेकपाको किल्ल भत्काउन सफल भएको हो । भक्तपुर क्षेत्र नम्बर १ (ख) मा नेकपाको किल्ला तोडेको कांग्रेसले भरतपुर महानगरपालिका वडा नम्बर १६ र घोराही उपमहानगरपालिका–१६ मा समेत नेकपालाई पराजित गर्दै जितेको छ ।

हेर्नुस् कांग्रेसले नतिजा उल्ट्याएका क्षेत्रहरू

भक्तपुर क्षेत्र नम्बर १ (ख)
कृष्णलाल भडेल (कांग्रेस) – १३४४९ (विजयी)
देवीप्रसाद ढकाल (नेकपा) – ११२०६
(पहिला एमालेले जितेको क्षेत्र)

घोराही उपमहानगरपालिका–१६ दाङ (वडाध्यक्ष)
ताराबहादुर डिसी (कांग्रेस) – १२१८
सुरेशबहादुर केसी (नेकपा) – १११७
(पहिला एमालेले जितेको क्षेत्र)

भरतपुर महानगरपालिका–१६ चितवन (वडाध्यक्ष)
अमृतराज हमाल (कांग्रेस) – ३१८३ (विजयी)
भक्तराज हमाल (नेकपा) – २८७५
(पहिला एमालेले जितेको क्षेत्र)

दोगडाकेदार गाउँपालिका–४ बैतडी (वडाध्यक्ष)
सुरेन्द्रप्रसाद भट्ट (कांग्रेस) – ५८४ (विजयी)
नरेन्द्रप्रसाद भट्ट (नेकपा) – ४८४
(पहिला एमालेले जितेको क्षेत्र)

धनपालथान गाउँपालिका–२ मोरङ (वडाध्यक्ष)
नारायणप्रसाद साह (कांग्रेस) – १७०१ (विजयी)
पंकजकुमार मण्डल (नेकपा) – १४९७
(पहिला एमालेले जितेको क्षेत्र)

हिलिहाङ गाउँपालिका–७ पाँचथर (वडाध्यक्ष)
तिलविक्रम इधिंगो (कांग्रेस) – ८४२ (विजयी)
गेहनाथ रिजाल (नेकपा) – ८१२
(पहिला एमालेले जितेको क्षेत्र)

मालारानी गाउँपालिका–३ अर्घाखाँची (वडाध्यक्ष)
शोभाखर खनाल (कांग्रेस) – ११५९ (विजयी)
यमलाल खनाल (नेकपा) – १०५३
(पहिला एमालेले जितेको क्षेत्र)

गढीमाई नगरपालिका–२ रौतहट (वडाध्यक्ष)
दीपेन्द्र श्रेष्ठ (कांग्रेस) – ७७१ (विजयी)
जवार मिया (नेकपा) – ५९६
(पहिला राजपाले जितेको क्षेत्र)