Loading... आजः ३१ श्रावण २०८३, आईतवार । Sunday 16th August 2026

छाउगोठमा युवतीको मृत्यु

अछाम ।
सुदूरपश्चिम प्रदेशको अछाममा छाउगोठमा आइतवार राति १ युवतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोली खटिएको अछाम प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

अछाममा हालसम्म छाउगोमै १४ महिलाको मृत्यु भइसकेको छ ।