Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

प्रदेश सरकार आम सञ्चार प्रतिष्ठान गठन गर्दै

सुर्खेत ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) कर्णाली प्रदेशको समन्यवमा आज आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशका सञ्चारकर्मीहरु संग अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको छ ।

कर्णालीका ८ जिल्लाका सञ्चारकर्मीहरु संग प्रदेश सरकारले गठन गर्न लागेको आम सञ्चार प्रतिष्ठानका अन्तरक्रिया गरेको फोनिज कर्णाली प्रदेशका ईन्चार्ज अशोक राजीले बताउनुभयो । उहाँले भन्नुभयो । राजधानी भन्दा बाहिरका सञ्चारकर्मी साथीहरुलाई आम सञ्चार प्रतिष्ठानको बारेमा केही जान्न र सुझाव लिनकालागि कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशका कानुन अधिकृत तुलबहादुर खड्काले आम सञ्चार प्रतिष्ठानकालागि नियमावली बन्न बाँकी रहेको र यस आर्थिक बर्षको बर्षको मसान्त सम्मकालागि मन्त्रालयले करिव ३ करोड २५ लाखको बजेट विनियोजनकालागि अर्थ मन्त्रालयमा कार्य योजना पेश गरेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवालले कर्णाली प्रदेशका ८ जिल्लालाई समेटर सञ्चारकर्मीहरु संग अन्तरक्रिया गर्नु राम्रो भएको तर यस्तो महत्वपूर्ण प्रतिष्ठानको गठन गर्नकालागि सरोकारवाला निकाय संग छलफल नै नगरि विधयेक पास हुनु दुखःद भएको बताउँदै अब नियमावली बनाउदा प्रेस मैत्री नियमावली बनाउन सुझाव दिनुभयो ।