भव्य कार्यक्रमका बीच भ्रमण वर्ष २०२० को शुभारम्भ
सुर्खेत
नेपाल भ्रमण वर्ष २०२० आज राजधानी काठमाडौंसहित प्रदेशहरूमा विशेष कार्यक्रम गरी शुभारम्भ गरिएको छ । संघीय राजधानी काठमाडौंमा रंगशालामा विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यटन वर्षको शुभारम्भ गर्नुभएको छ भने कर्णाली प्रदेशमा प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभारम्भ गर्नुभएको छ । कर्णाली प्रदेशमा भ्रमण वर्षको शुभारम्भका अवरमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

भ्रमण वर्षलाई भव्यरूपले सफल पारौं भन्ने नारा लेखिएका ब्यानरसहित ¥याली तथा झाँकी समेत निकालिएको छ । सुर्खेतको बुलबुलेमा आयोजना गरिएको एक भव्य कार्यक्रमका बीच भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको हो ।
यसैगरि कर्णाली प्रदेश सरकारले भ्रमण वर्षको लोगो पनि सार्वजनिक गरेको छ । गणेश आचार्यले निर्माण गरेको लोगो उत्कृष्ट भएको ठहर गर्दै लोगो सार्वजनिक गरिएको हो ।















