Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक

संघीय संसद्स चिवालयले माघ १२ गते हुने प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

सचिवालयद्वारा जारी सूचना अनुसार सभामुख पदको निर्वाचन माघ १२ गते आइतबार दिउँसो ठीक ३ बजे हुनेछ।

सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार सभामुखको लागि उम्मेदवारी दिनेले माघ ७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेभित्र नाम दर्ता गरिसक्नुपर्नेछ। नयाँ बानेश्वरस्थित संसद् भवन ९अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र०मा रहेको ल्होत्से हलमा नाम दर्ता गर्नुपर्नेछ।

प्रतिनिधिसभाका सदस्यले प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचन गरियोस् भनी २ बजेभित्र प्रस्तावको सूचना दर्ता गर्नुपर्ने सचिवालयले जनाएको छ।

मङ्गलबार ९ माघ ७० दिउँसो २ः३० बजे सचिवालयले निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशन गर्नेछ। संसद् भवनको सूचनापाटीमा उक्त सूचना प्रकाशन गरिनेछ।

दर्ता भएका उम्मेदवारबीच माघ १२ गते दिउँसो ३ बजे सभामुख चयनका लागि निर्वाचन हुनेछ। प्रतिनिधिसभा कक्षमा सभामुख पदको निर्वाचन हुनेछ।

उक्त दिन प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावक सदस्यले प्रस्ताव गर्ने, समर्थक सदस्यले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार उम्मेदवारीको प्रस्तावहरूलाई त्रमशस् निर्णयार्थ प्रस्तुत गरिनेछ।