Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

राष्ट्रिय सभा सदस्यमा कर्णालीबाट मायाप्रसाद र सुमित्रा विजयी

सुर्खेत ।
राष्ट्रिय सभामा कर्णाली प्रदेशबाट नेकपाका उममेदवार मायाप्रसाद शर्मा र सुमित्रा बिसी निर्वाचित भएका छन् । कूल खसेको मतभार मध्य मायाप्रसाद शर्माले ३६४८ प्राप्त गरेर विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिल्लीराम पाठकले १०२६ मतभार प्राप्त गरेका छन् । यसैगरि नेकपाका सुमित्रा बि. सी.ले ३६८४ मतभार प्राप्त गरेर विजयी भएका छन् भने नेपाली काँग्रेसका गणेश कुमारी बस्नेत १०२६ मतभारमै चित्त बुझाउनु परेको छ ।


बिहीबार सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा कर्णाली प्रदेशमा ९८.४८ प्रतिशत मत खसेको थियो । कर्णाली प्रदेश सुर्खेतका निर्वाचन अधिकृत राजेन्द्रप्रसाद आचार्यका अनुसार कुल १९८ मतदाता मध्ये १९५ ले मतदाताले मतदान गरेका थिए । कर्णालीमा कुल मतदातामध्ये तीन जनामात्रै उपस्थित भएनन् । निर्वाचन कार्यालयका अनुसार कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली, डोल्पाको डोल्पो बुद्ध गाउँपालिका उपाध्यक्ष मल्लटासी गुरुङ र हुम्लाका नाम्खा गाउँपालिमका उपाध्यक्ष पेमा तामाङ मतदानमा उपस्थित नभएका हुन् ।

अमेरिका गएकी नेपाली सम्पर्क्विहीन छन् । गुरुङ मूर्ति चोरीको आरोपमा कारागारमा छन् । तामाङ भने बिरामी भएका कारण मतदानमा सहभागी नभएको स्रोतले जनाएको छ । कर्णाली प्रदेशका ४० र स्थानीय तहका १ सय ५८ जना मतदाता रहेका थिए ।