भोलि बिहान ६ बजेसम्म कर्फ्यु
सुर्खेत,१४ माघ–वीरेन्द्रनगर सुर्खेतमा टिपरले किच्दा एकजनाको मृत्यु भएपछि चर्किएको आन्दोलनकाले उग्ररूप लिएपछि जिल्ला प्रशसन कार्यालय सुर्खेतले ुकर्फ्युु लगाएको छ।
सुर्खेतको वीरेन्द्रनगर बजार आसपासमा साँझ ६ः३० बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लगाएको हो। सुरक्षा बैठकपछि कर्फ्यु लगाउन निर्णय भएको हो। सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको पाँच सय मिटर सम्मको दूरीमा कर्फ्यु जारी गरिएको छ।
कर्फ्युको समयमा भेला हुन, अन्य काम गर्न र हिँडडुल गर्नसमेत बन्देज लगाइएको छ। कर्फ्यु तोडेमा गोलीसमेत हान्न सक्ने चेतावनी समेत दिइएको छ। यसबीच मृतकका आफन्तले चलाएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको छ। कालीकोट महावै गाउँपालिका(३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिपरले किच्दा मंगलबार बिहान मृत्यु भएको थियो।






