Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

मृतकका आफन्तद्वारा आन्दाेलनका कार्यक्रम घाेषणा, भाेलि सवारी साधान बन्द गर्ने

 सुर्खेत ।

ट्रक र ट्याक्टर जुध्दा मृत्यु भएका ट्याक्टर चालकका आफन्तले आन्दोलनको घोषणा गरेको छ । शुक्रवार जुम्लारोडस्थित पिपीराचोकमा ट्रक र ट्याक्टर एक आपसमा जुध्दा ट्याक्टर चालक जुनीचाँदे गाउँपालिका–१ जाजरकोटका प्रेमबहादुर कार्कीको मृत्यु भएको थियो ।

शनिवार पीडित परिवार संघर्ष समितिले एक विज्ञप्ती जारी गरी आन्दोलनको घोषणा गरेको हो । लु १ ख ७६७० नम्बरको ट्रकले भे १ त ७५८९ नम्बरको ट्रकलाई ठक्कर दिँदा हाल वीरेन्द्रनगर–१२ एअरपोर्ट नजिकै बस्दै आएका ट्याक्टर चालक तथा साहु कार्कीको मृत्यु भएको हो । दुर्घटनालगत्तै उचित क्षतिपूर्तिका लागि प्रशासनलाई आग्रह गरेपनि कुरा नमिलेपछि पीडित परिवारले संघर्ष समिति नै बनाएर आन्दोलनको घोषणा गरेका छन् । ईण्डिकेटर ९साईड लाईट० बालिरहेकै अवस्थामा ट्याक्टरलाई ट्रकले ठक्कर दिएको भन्दै पीडित पक्षले ट्रक चालकलाई हदैसम्मको कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । पीडित पक्षले मृतकको शव बुझेका छैनन् भने सहमति नहुँदा पोष्टमार्टम समेत हुन सकेको छैन ।

शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा राखिएको छ । आन्दोलनअन्तर्गत माघ १९ गते ९आज० वीरेन्द्रनगरबाट भित्रिने÷बाहिरिने तथा बजारभित्र चल्ने सम्पूर्ण सवारी साधन बन्द गराउने, माघ २० गते वीरेन्द्रनगर भित्रका सम्पूर्ण व्यापार, व्यसाय, उद्योग, कलकारखाना, सरकारी कार्यालय पूर्ण रुपमा बन्द गराउने बताइएको छ । यी संघर्षका कार्यक्रमपश्चात पनि आफ्ना माग पूरा नभए थप संघर्षका कार्यक्रम गर्ने जनाइएको छ । प्रशासनले उचित क्षतिपूर्तीसहित सहमति जुटाउनुको साटो लास उठाउन आफन्तलाई एकतर्फी दवाव दिएको आरोप पीडित परिवार संघर्ष समितिका संयोजक कृष्ण बहादुर कार्कीले बताए । उनले आफ्ना माग पूरा नभएसम्म शव नबुझ्ने बताएका छन् । उनका अनुसार पीडित परिवारले ट्रक चालक र धनीलाई कानूनबमोजिम कारबाही, मृतकका बालवालिकाको सम्पूर्ण पठनपाठनको जिम्मेवारी ट्रक चालक र धनीले लिनुपर्ने, मृतकको परिवारलाई बीमाबाहेक थप क्षतिपूर्ति दिनुपर्ने, घाईतेलाई पूर्ण उपचारको व्यवस्था, दुर्घटनामा परेको ट्याक्टरको जिम्मा पनि ट्रक धनीले लिनुपर्ने माग गरेका छन् ।