Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

अझै हटेन छाउपडी प्रथा

कल्पना शाही / अछाम ।

तुर्माखाद गाउँपालिका रहफ १ अछाममा पनि छाउपडी प्रथालाई अझै पनि हटाउन सकिएको छैन ।

Image result for छाउगोठ
तस्वीर : गुगलबाट लिइएको हो ।

पुरानो परम्परा अनुसारको सोचमा परिवर्तन आउँन नसक्दा छाउपडी प्रथा कायम नै छ । सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरे पनि अझै पनि छाउपडी प्रथामा परिबर्तन आउँन सकेको छैन ।

तुर्माखाद गाउँपालिका रहफमा महिनावारी भएको महिला अझै पनि छाउगोठमा बस्न बाध्य छन ।
समाजमा महिलालाई हेर्ने सोचमा परिवर्तन हुन नसक्दा नै परम्परा देखि चल्दै आएको कु प्रथाबाट यहाँका महिलाहरु अझै पनि पिडित भएको प्रत्रकार  लक्ष्मी प्रसाद लम्सालले बताए ।

महिलाहरु महिनावारी भएको समयमा घरपरिवारमा छोइहाले पछि अशुभ हुर्ने र अनि देविदेवता रिसाउँछन पाप लाग्छ भन्ने जस्ता रुढिवादी र अन्धविश्वासबाट महिला आफै पिडामा पर्ने गरेका छन । महिनावारी वा सुत्केरी भएको समयमा घर भित्र प्रवेश गर्न नहुने अन्धविश्वासका कारण महिलाहरु घर भन्दा टाढा रहेको छाउँगोठमा बस्ने गर्दैछन ।

छाउपडी भएको बेलामा घर भित्र पस्न नदिने र घर भित्रको काम पनि गर्न नपाईने महिलाले खाने कुरमा पनि पोषणयुक्त खानेकुरा खान नदिने र छुन पनि नपाईने यस्ता व्यवाहार रहफमा गर्ने गरिन्छ । भनि प्रत्रकार लम्सालले भने ।

अझै महिनावारी हुँदा आराम गर्ने बेलामा गरुङो भारी बोक्न लगाउने र पोषणयुक्त खाने कुरा दुध, दहि, घिउ, मोही जस्ता खानेकुराबाट बञ्जित गरिन्छ ।
महिनावारी हुँदा धार्मिक स्थलमा पूजापाठ गर्नबाट समेत उनीहरुलाई बञ्चित गरिन्छ ।

परम्परागत सामाजिक मुल्य र मान्यता रुढिवादि सोच धार्मिक अन्धविश्वास जन चेतनाको कमि र उपयुक्त निति नियमको अभावका कारण छाउपडी प्रथाले निरन्तरता पाउँदै आएको छ ।

छाउपडी प्रथा हाम्रो घरबाट नै सुरु भएको छ प्रत्रकार  लक्ष्मीले भने र यसलाई पहिला हामी आफैले हटाउँनु पर्छ । जनचेतनाको विकास गर्न सके यस्ता कुप्रथाहरु आफै हटेर जाने बुद्धिजिबीहरुको भनाई छ ।

पहिला घरका बुढापाखाहरुले महिनावारी भएको महिलाले घर नजिकै आउँदा गालि गर्थे र महिनावारी भएको पाँच देखि सात  दिनसम्म त घर समेत छुन पाइदैनथ्यो । छाउपडी भएको बेला घर आगनमा पनि हिड्न नदिने चलन थियो । थोरै भएको परिवर्तनले यस्तो अवस्थामा केही सहजिकरण भएको छ । महिलाहरु कहिले काँही छाउ हँुदा भुलेर आगन आईहाले भने पनि ति महिलाले अनेक प्रकारका गाली सुन्नु पर्ने हुन्छ ।

खाने पानी धारामा पनि छुन नपाईने

छाउ भएको समयमा सरसफाई गर्नुपर्छ । नुहाउन, लुगा धुनको लागि धारामा गएपनि छाउ भनेर कयौं मानिसले पानी भरेर कयौ जना पछि पालो आउँने महिनावारी महिलाको केही चासो पनि हुदैन । धारामा यदि छाउ भएको महिलाले धारामा नुहाए लुगा धोए पनि त्यो धारा सुन पानीले चोख्याएपछि फेरी शुद्ध हुने अन्धविश्वास रहेको छ ।

महिनावारी हुँदा घर भन्दाको बाहिर छाउँगोठमा सुत्नु पर्दा कयौ महिलाको ज्यान पनि छाउ गोठमै गएको छ । गाउँका सामाजिक क्षेत्रका अगुवा महिलाहरुले जति छाउगोठ भत्काए पनि आफनो व्यवहारमा लागु गर्न भने सकेका छैनन् ।

पछिल्लो समयमा सरकारले समेत छाउ बार्ने र बार्न लगाउनेलाई कानूनी कारवाहीको व्यवस्था गरेको छ । जबरजस्ती छाउगोठ भत्काउनुको साटो जनचेतनामा बृद्धि गर्न सके यो समस्या समाधान हुन सक्छ ।
(शाही प्रशिक्षार्थी पत्रकार हुन् ।)